यि औषधीले गर्दछन् स्वास्थमा धेरै हानी जानीराखौं


नैरोग्यताका लागि हामी अस्पताल र औषधीको शरणमा धेरै पर्दछौं । तर कहिलेकाँही जीवन रक्षार्थ खाएको औषधीहरु नै हाम्रो स्वास्थका काल बन्न सक्दछन् । प्याकेट भित्र पाउने सबै औषधीहरु उपचारात्मक नहुन सक्दछ, कति औषधीहरु त झन दिर्घरोगको संभावना लिएर आएका हुन्छन जसलाई थाहा नपाइकन हामी खाइरहेका हुन्छौं । लु आउनुहोस् केही अत्यन्त हानी गर्ने औषधीहरु को कुरा गरौं अनि तिनको कम्पोजिसन र असरका बारे पनि जानीराखौं ।
विश्वमा सबैभन्दा शक्तिशाली उधोगहरुमा औषधी कम्पनीहरु र सर्वाधिक फाइदामा रहेका शक्तिशाली मान्छेहरु पनि यिनकै मालिकहरु हुन्छन् । कहिलेकाँही आँफै धामी अनि आँफै जैसी त भइरहेका छैनन यिनीहरु जस्तो विवाद पनि विश्वमा उठ्ने गरेको छ ।
आखिर हामीले कस्ता औषधी खाइरहेका छौं त ? के ति औषधी खान जरुरी छ या अन्य कुनै औषधी नै अझै प्रभावकारी रहन्छ जस्ता धेरै प्रश्नहरु बिधमान छ । फेरि यस्ता कुराहरु नेपालमा मात्र हैन समग्र बिकसीत देशमा पनि त्यस्तै रहेको बताइन्छ । मान्छेलाई तत्कालै सञ्चो हुन लत परेको छ, हामी रुघाखोकी देखि ससाना कुराहरुका लागि पनि मकै भटमास सरह औषधी चपाइदिन्छौं, खाइदिन्छौं हैन र ? यसरी खाएका औषधीहरुको असर सकिनासाथ रोग फेरि देखिइहाल्छ । यस्ता औषधीहरुको सेवनले केही समयलाई रोग निर्मुल पारे झैं त हुन्छ तर दिर्घकालमा अवस्था झनै नाजुक बनाउछ । त्यसमाथि औषधीको साइडइफेक्टका कुराहरु आफ्ना ठाँउमा छन् । पछिल्ला समयमा नेपालमा औषधी कम्पनीहरुले निशुल्क स्वास्थ जाँचका नाममा आफ्ना औषधीको बिरामीमा प्रयोग गरिरहेका अनि केही नाम चलेका चिकित्सकको नाम पनि मुछिएको पाइएको छ । हामी झन सजग रहन जरुरी छ ।
यस्ता ४  वटा एन्टीबायोटीकका कुरा गरौं जसको प्रयोग अत्यन्त हानीकारक छ । सबेसम्म यी ओखतीहरुप्रयोग नगर्नुहोला भनी बिभिन्न अध्ययन अनि अनुसन्धानले भनेको छ ।

१,  Proton-pump inhibitor
छोटकरीमा पीपीआई भनिन्छ, पेटको आमाशयमा ग्रन्थी उत्पादन हसन नदिएर यस ओखतीले एसिड फर्मेशन बाट रोक्दछ । अल्सरको कारक तत्व नै एसिड फर्मेशन हो भन्ने त हामीमध्य धेरैलाई थाहै छ । बिभिन्न अध्ययन र अनुसन्धानले पीपीआई लै डिमेन्सीया ९बिर्सने रोग०, मृगौलाको रोग लगायत अन्य मुटु रोगहरु बढाउने देखिएको छ । यदि डाक्टरले कसैलाई यो ओखती दिएको देखेमा यस बारेमा कृपया सोधपुछ गर्नुहोला, एउटा समस्या समाधानका लागि जिवन नै जोखिममा त पार्न हुन्न नि रु

२, Prednisone
शरीरमा पोल्ने या सुन्नीने तत्वहरुलाई क मगर्न यस ओखतीको प्रयोग गरिन्छ । यो एउटा स्टेरोइड पनि हो । लुपुस अथवा बाथ रोगीहरुमा यस ओखती बढि प्रयोग गरिन्छ । यो ओखतीको प्रयोगले शरीरको प्रतिरोधात्मक प्रणालीलाई दुर्बल बनाउने हुन्छ जसले गर्दा शरीर अन्य संक्रमण तर्फ जोखिमपूर्ण हुन जान्छ । यसको धेरै प्रयोगले निन्द्रा नलाग्ने, झनक्क रिसाउने, अल्छि लाग्ने आदि बिभिन्न मानसिक समस्या हुन सक्ने अध्ययनले देखाएको छ । यो ओखतीको सुझाव दिएको देख्नुभएमा यस बाहेक अन्य कुनै ओखती या तवरहरुका बारेमा डाक्टर संग कृपया सल्लाह लिनुहोला है ।

३, Statins
हामीलाई नाम नबताउने शर्तमा एकजना कन्सल्टेन्ट डाक्टरले नेपालमा अन्य देशको तुलनामा यस ओखती सबैभन्दा धेरै वयस्कहरुले प्रयोग गर्ने बताए । कोलेस्टेरोल नियन्त्रणका लागि स्टाटीन्सलाई अति उपयोगी र बहुप्रचलीत मानिन्छ, यस ओखतीले छोटो समयमै मुटु रोगि बनाउने र मुटुलाई पून जागृत नै हुन नसक्ने गरि हानी गर्ने बताइन्छ । सीओकीउ १० नामक पदार्थ क मगर्ने यस ओखतीले गर्दा शरीरमा सीओकीउ १० को कमी हुने र बिभिन्न मांशपेशी अनि मुटु समबन्धीत दिर्घरोग लाग्ने बताइन्छ ।

४, Anti-depressants
तनाव , बेरोजगारी, अस्वस्थ प्रतिस्पर्धा, जिवनको स्तरमा कमी लगायतका बिभिन्न समस्याले गाँजेको नेपालमा डिप्रेशनको दरमा बृद्धि भइनैरहेको छ । प्रोज्याक लगायतका एन्टी डिप्रेसेन्डट्सले शरीरमा सेरोटोनिन नामका हार्मोन बढाँउदछन्, यसो गर्दा सेरोटोनिनलाई नियन्त्रण गर्ने तत्वहरु रोकिन जान्छन् ।
डिप्रेशन बिरुद्धमा दिइने ओखतीहरु नै एन्टी डिप्रेसेन्डट्स हो । यसो हुँदा दिमागले आफसेआफ ओखतीले सेरोटोनिन बढाउने कारणले आफैले स्वभावत थोरै सेरोटोनिन उत्पादन गर्दछ । यसलाई केमीकल खुशी उत्पादन पनि भन्न सकिन्छ जुन स्वास्थका लागि बिल्क्ुल गलत कुरा हो । मान्छे खुशी हुन सेरोटोनिन नामक हार्मोन अत्यन्त जरुरी हुन्छ, ओखतीको प्रयोग नगरेमा मान्छेमा झनै मानसिक समस्या र डिप्रेश हुने गरिएको पाइयो । यो रवैया प्राय सम्पूर्ण एन्टी डिप्रेसेन्डट्समा एकै हो ।
लिभरपूल यूनीभर्सिटी मेडिकल बिभागमा गरिएको एक सर्भेक्षणमा १८०० एन्टी डिप्रेसेन्डट्स सेवन गर्ने रोगीलाई अध्ययन गर्दा यो तथ्य फेला परेको हो ।
नाम नबताउने शर्तमा एकजना नेपाली चिकित्सकले हामीलाई यो जानकारी उपलब्ध गराएका हुन् । सक्दो शेयर गरेर चेतना फैलाउन सहयोग गर्नुहोला ।


Loading comments...