Lifestyle Portal
  •   २ कार्तिक २०७८, मंगलवार

बाँकेमा एक वडाध्यक्षसहित १२ जनाले रोजे नेकपा (एकिकृत समाजवादी), एक जना एमालेमै फर्किए

२२ भाद्र २०७८, मंगलवार २१:१७

नेपालगञ्ज । बाँकेमा १२ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचित १२ जना जनप्रतिनिधिले एमाले छाडेर नेकपा (एस) मा सनाखत गरेको निर्वाचन कार्यालय प्रमुख खुमप्रसाद सुवेदीले जानकारी दिए ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कालीबहादुर सिंह, कोहलपुर नगरपालिका–१२ वडा सदस्य तथा कार्यपालिका सदस्य नारायणी वली, जानकी गाउँपालिका कार्यपालिका सदस्य राजकुमार धोबीले नेकपा एस रोजेका छन् ।

यसैगरी खजुरा गाउँपालिका वडा-१ का वडा सदस्यहरु देवप्रसाद बुढा, रामबहादुर शाही, वडा नं. २ का नन्दलाल गुर्ताल, वडा नं. ६ का वडा सदस्य हजुरा बम, जानकी–२ का टिकाराम सुनार, कोहलपुर-५ का शंकर खड्का, वडा नं. ६ का फागु थारु, वडा नं. ११ हरीकला सुनार र नेपालगञ्ज–१ का वडा सदस्य डम्बर थापा रहेको नेकपा एसका जिल्ला अध्यक्ष अशोक कोइरालाले जानकारी दिए । खड्का नेकपा एस रोज्ने पहिलो जनप्रतिनिधि हुन् ।

खजुरा–२ का नन्दलाल गुर्तालले निर्वाचन कार्यालय पुगेर सनाखत गरिसकेपछि आफूले गरेको सनाखत फिर्ता माग्दै निवेदन दिएका छन् । उनले दिएको निवेदन निर्वाचन आयोग पठाउने र त्यो निवेदन उपर आयोगबाटै कारवाही हुने निर्वाचन कार्यालय प्रमुख सुवेदीले जानकारी दिए । न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

सन्तोष देवकोटा । भारतका प्रभावशाली दुई युवा नेता कन्हैया कुमार तथा जिग्नेश मेवाणीले मंगलबार राजनीतिको आगामी यात्राका लागि भारतीय कांग्रेस

प्रकाश तिम्सिना/न्युज कारखाना, सुनसरी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रदेश १ का दुई उपमहानगरपालिकाको नगर अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा

काठमाण्डौ । दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ गठबन्धन सहमत भएका छन् । आइतबार प्रधानमन्त्री निवासमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार

गोर्खा । १४औं महाधिवेसनअन्तर्गत गोरखामा पालिकास्तरीय अधिवेशन सकिएको छ । शनिबार केही पालिकामा सर्वसम्मत र कतै मतदानमार्फत नेतृत्व छनौट गरिएको