Lifestyle Portal
  •   ११ जेष्ठ २०७९, बुधबार

बाग्मती प्रदेशका १३ जना सांसदले रोजे एकीकृत समाजवादी

२३ भाद्र २०७८, बुधबार १४:२९

शिव चौलागाईं/न्युजकारखाना, मकवानपुर । बाग्मती प्रदेशसभाबाट एमाले छाडेर नेकपा (एकीकृत समाजवादी)मा सनाखत गर्ने प्रदेशसभाका सांसद १३ जना रहेका छन् ।

प्रदेश निर्वाचन कार्यालय बाग्मती प्रदेश हेटौँडामा पुगी सनाखत गर्नेमा पार्टीका केन्द्रीय सदस्यसमेत रहेका राजेन्द्र पाण्डे, कृष्णप्रसाद शर्मा खनाल, मुनु सिग्देल, प्रदेशसभाका सांसदहरू माधव पौडेल, राजेन्द्रमान श्रेष्ठ, वसन्तप्रसाद मानन्धर, लक्ष्मण लम्साल, रमा आले मगर, इन्द्रमाया गुरुङ, मीना नेपाल ज्ञवाली, कुसुमकुमार कार्की, वसुन्धरा हुमागाइँ र पार्वती सिलवाल रहेका छन् ।

यस प्रदेशका १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेको समाजवादीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य मुनु सिग्देलले जानकारी दिइन् ।

बाग्मती प्रदेशमा एमालेका ५६ जना सांसद् रहेकामा १३ जना एकीकृत समाजवादीमा गएपछि अब एमालेमा ४३ जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा

मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै

वीरगञ्जको कायापलट गर्ने सपना पहिलो चरणमा सार्थक भएको आभाष गरेको छु । सपनालाई सार्थक बनाउने श्रेय म सम्पूर्ण वीरगञ्ज महानगरकावासी,

काठमाडौं महानगरको मेयर पदका लागि लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह दुवै प्रतिद्वन्द्धिहरुविरुद्ध आज विहानसम्म पनि अत्याधिक मतले