
सर्वदलीय बैठक : एमालेलाई आफ्नो धारणा राख्न सुझाव
२८ भाद्र २०७८, सोमबार २३:१२
काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको छ ।
सदनमा देखिएको अवरोध हटाउन सोमबार अपरान्ह बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको हो । ‘आजको सर्वदलीय बैठक निष्कर्षविहीन भयो’, बैठकमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले भने ।
प्रमुख प्रतिपक्षी दल एमालेलाई सहभागी गराएर सर्वदलीय बैठक राख्न सभामुख सापकोटालाई बैठकमा सहभागी नेताहरूले सुझाव दिएका छन् ।
सोमबारको बैठक एमालेले बहिस्कार गरेको थियो । ‘प्रतिपक्षी दललाई सहभागी गराएर बैठक राख्न सुझाव दियौँ’, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले भनिन् ।
सदनको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक राखेका हुन् । बैठकमा कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका नेताहरू सहभागी थिए । न्युजकारखाना
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै
वीरगञ्जको कायापलट गर्ने सपना पहिलो चरणमा सार्थक भएको आभाष गरेको छु । सपनालाई सार्थक बनाउने श्रेय म सम्पूर्ण वीरगञ्ज महानगरकावासी,
काठमाडौं महानगरको मेयर पदका लागि लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह दुवै प्रतिद्वन्द्धिहरुविरुद्ध आज विहानसम्म पनि अत्याधिक मतले
काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा