Lifestyle Portal
  •   १० कार्तिक २०७८, बुधबार

नेशनल माइक्रो फाइनान्सको संस्थापक सेयर आजबाट लिलामी बिक्री खुला

३० भाद्र २०७८, बुधबार २२:३२

काठमाण्डौ । नेशनल माइक्रो फाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको सेयर बिक्री खुला गरेको छ । संस्थाले बुधबारबाट ३६ हजार पाँच सय कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

संस्थाले प्रतिकित्ता न्यूनतम एक हजार २२ रुपैयाँ तोकेको छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ । यसमा न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यो सेयर विद्यमान संस्थापकहरू वा जोकोही व्यक्ति, कम्पनी, संघ, संस्थाले आवेदन दिन सक्ने छन् । १३ असोजभित्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकु काठमाडौंमा पुग्नेगरी आवेदन दिनुपर्नेछ । न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्युरेन्सको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले १ असोजदेखि

काठमाण्डौ । बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्र्याएका व्यवसायी रुक्म शमशेर राणाको निधन भएको छ । डाबर नेपालको प्रवन्धक निर्देशकसमेत बनेका

अश्विन दानी, गोरखा । गोरखाको सहिद लखन गाउँपालिकामा रहेकाे मनकामना केबलकार आज आइतबारदेखि पुन: सञ्चालनमा आएकाे छ । कोरोना संक्रमणका

काठमाडौ, असार २ । दैनिकरुपमा प्रयोग हुने सम्पूर्ण सामानहरू भरपर्दो र विश्वाशिलो माध्यमबाट एकै ठाउबाट उपलब्ध गराउने उद्देश्यले नयाँ इकमर्श