Lifestyle Portal
  •   ५ चैत्र २०७९, आईतवार

हिमालयन हाईड्रो एक्स्पो सेमिनारमा उर्जामन्त्री पम्फा भुषाल, गगन थापा, सुरेन्द्र पाण्डे लगायत सहभागी हुँदै

२० चैत्र २०७८, आईतवार २१:४०

लोकप्रिय

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा सरोकारवालाहरुको उल्लेख्य सहभागिता देखिएको छ । एक्स्पोमा जलविद्युतसँग सम्बन्ध राख्नेहरुको उत्साहजनक सहभागिता रहेको आयोजक संस्थाहरुले बताएका छन् ।

एक्स्पोमा चलिरहेको सेमिनारमा दुई दिनमा गहन विषयहरुमा छलफल भएको छ भने एक्स्पोको अन्तिम दिन सोमबार हुने अन्तिम सत्रमा जलविद्युत् क्षेत्रको नीतिगत विषयबस्तुमा छलफल गरिने भएको छ । ऊर्जा जलश्रोत सिँचाईमन्त्री पम्फा भूषालको विशेष उपस्थिति हुने सो सत्रमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली काँग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा.कृष्णप्रसाद ओली, कृषि, सहकारी तथा प्राकृतिक स्रोत संसदीय समितिकी सभापति पूर्णा कुमारी सुवेदी र उर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवाल सहभागी हुनु हुनेछ ।

सोमबार दिउँसो १ बजेदेखि सुरु हुने उक्त सेसनमा जलविद्युतका सम्बन्धमा घनीभुत छलफल हुने भन्दै एक्स्पोका आयोजक संस्थाहरु स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिसले इच्छुक सहभागीहरुलाई सेमिनारमा सहभागि हुन आग्रह गरेका छन् । इपान कार्यसमिति सदस्य प्रकाश दुलालका अनुसार उक्त सेसनमा जलविद्युतको विकासका सम्बन्धमा नीतिगत विषयमा गहन मन्थन हुनेछ ।

शनिबार सुरु भएको एक्स्पोमा २ दिनमा जलविद्युतसँग प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सरोकार राख्नेहरुको उल्लेख्य सहभागिता भएको एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिसका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताउनु भयो । घरायसी प्रयोजनका विद्युतीय सामग्री खरिद गर्नेहरुको चाप अधिक रहेको बताउँदै प्रधानले साना ठुला उपकरणहरुका बारेमा जारी लिने तथा बुकिङ गर्न आउनेहरुको संख्या अपेक्षित भएको बताउनु भयो ।

नेपालस्थित भारतीय राजदुतावासको समन्वय तथा बेलायती राजदुतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहेको एक्स्पोमा १०० भन्दा बढी स्टल रहेका छन् । जलविद्युत प्रवद्र्धक, उत्पादक, इक्युप्मेन्टस् सप्लायर्स, टर्वाइन उत्पादक, लगानीकर्ता, बैंक, बिमा लगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्स्पोमा रहेका छन् । एनएमबि बैंकले टाइटल स्पन्सर गरेको एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरु सहभागि छन् ।

सोमबार समापन हुने एक्स्पो अवलोकन गर्नेहरुमध्येबाट दैनिक १० जनालाई गोलाप्रथाबाट विद्युतीय चुल्हो बितरण गरिएको छ ।

नेपाली जलविद्युुत्को बजार प्रवद्र्धन भन्ने नाराका साथ आयोजना गरिएको यस हाइड्रो एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा बृद्धि गर्न र बिदेशमा निर्यात गर्न बजारीकरणको ठूलो ज्ञान र सूचना प्राप्त हुने अपेक्षा आयोजककोे छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा

नेपाल स्रोत र साधनले भरिपूर्ण भएको मुलुक हो। देशभित्र उपलब्ध रहेका प्राकृतिक, मानव र आर्थिक स्रोत प्रयोग गरेर राष्ट्रिय आर्थिक

सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार १४ प्रतिशतले घटाउँदा विकास खर्च १७.५ प्रतिशतले कटौती गरेको छ भने राजस्व संकलनको लक्ष्य ११.२९

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द