Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार
heart attack

यस्ता छन् मुटुरोगका लक्षणहरु

७ पुष २०७५, शनिबार १६:२२


मानिस बाच्नु भनेकै उसको मुटु चल्नु हो । छातीभित्र धडकिरहने यो सानो अङ्गले शिरदेखि पैतालासम्म प्रभाव पारिराखेको हुन्छ । हामीलाई मुटुरोग लागे/नलागेको कसरी पत्ता लगाउन सकिन्छ ।

मुटुका धेरै रोगहरू हुन्छन् र प्रत्येक रोगका पनि आफ्नै प्रकारका लक्षणहरू पनि हुन्छन् । मुटुरोगका अनगिन्ती लक्षणहरूमध्ये सबैले थाहा पाइराख्नुपर्ने १२ वटा प्रमुख लक्षणहरू रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बताए । डाक्टर रेग्मीका अनुसार मुटुरोगका लक्षण यस्ता छन् ।

१. छातीको बिचको भाग दुख्नु
२. दम बढ्नु
३. खुट्टाहरु सुन्निनु
४. घाटीँको रक्तनली फुल्नु
५ ओठ, जिब्रो र औंलाका टुप्पा नीलो हुनु
६. औंलाका टुप्पा बाक्ला , चाक्ला हुनु
७. टाउको दुख्ने र चक्कर लाग्नु
८. मुटुको धड्कन रोकिने वा छिटो चल्नु
९. कफमा रगत देखा पर्नु
१०. जोर्नीहरु दुख्ने, सुन्निने र ज्वरो आउनु
११. हात, खुट्टा, ओठ आदि झट्का दिदै अनियन्त्रितरुपमा चल्नु
१२. छातीमा हात राख्दा बिरालो कनेको जस्तो थर्केको महसुस हुनु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम

काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या