Lifestyle Portal
  •   १० जेष्ठ २०७९, मंगलवार

नेकपा (एस)को महासचिवमा बेदुराम, झाँक्रीले पाइन् सचिवको जिम्मेवारी

७ आश्विन २०७८, बिहीबार २२:४३

लोकप्रिय

काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) को अनौपचारिक बैठकले पदाधिकारीमा सहमति जुटाएको छ । नेकपा (एस) का नेता राजेन्द्र पाण्डेका अनुसार पार्टीका चार उपाध्यक्ष र महासचिव तथा उपमहासचिवको नाम टुंगो लागेको हो ।

पाण्डेका अनुसार पार्टी महासचिवमा डा‍ बेदुराम भुसालको नाममा सहमति जुटेको छ । त्यस्तै उपाध्यक्षहरूमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमालको नाम टुंगो लागेको छ । उपमहासचिवमा डा. विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला रहने छन् ।

सचिवमा भने रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ चयन हुने छन् । यी नामलाई आज बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने छ भने पोलिव्युरो र केन्द्रीय कमिटी पनि विस्तार हुने पाण्डेले बताए । न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै

वीरगञ्जको कायापलट गर्ने सपना पहिलो चरणमा सार्थक भएको आभाष गरेको छु । सपनालाई सार्थक बनाउने श्रेय म सम्पूर्ण वीरगञ्ज महानगरकावासी,

काठमाडौं महानगरको मेयर पदका लागि लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह दुवै प्रतिद्वन्द्धिहरुविरुद्ध आज विहानसम्म पनि अत्याधिक मतले

काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा