गोरखाका ८ पालिकाको नतिजा आयो, ३ वटामा मतगणना हुँदै


गोर्खा । १४औं महाधिवेसनअन्तर्गत गोरखामा पालिकास्तरीय अधिवेशन सकिएको छ । शनिबार केही पालिकामा सर्वसम्मत र कतै मतदानमार्फत नेतृत्व छनौट गरिएको हो । गोरखाका ६ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने ५ वटामा मतदान भएको छ ।

सबैभन्दा विकट र उत्तरी गाउँपालिका चुमनुब्रीको सभापतिमा सूर्य गुरुङ सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा वीरबहादुर लामा र कल्याण छेवाङ लामा, सचिवमा सोनाम धार्के लामा र सोनाम लामा चयन भएका छन् ।

धार्चेमा पालिका अध्यक्षसमेत रहेका सन्तोष गुरुङ चयन भए । उपसभापतिमा दीपक गुरुङ र आशबहादुर घले, सचिवमा बुद्धिराज गुरुङ र सागर गुरुङ सर्वसम्मत चयन भएका छन् ।

आरुघाट गाउँपालिकाको सभापतिमा राजु गुरुङ सर्वसम्मत छानिएका छन् । उपसभापतिमा कृष्णप्रसाद श्रेष्ठ र यमबहादुर कार्की तथा सचिवमा विशाल गुरुङ र एकदत्त खनाल चयन भएका छन् ।

शहीदलखन गाउँपालिकाको सभापतिमा काशीनाथ अम्गाई सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा ध्रुव पोखरेल र टेकबहादुर गुरुङ र सचिवमा चेतबहादुर थापा र बासु रेग्मी छनोट भएका छन् ।

जंगबहादुर गुरुङको नेतृत्वमा अजिरकोट गाउँपालिकामा नयाँ कार्यसमिति चयन भएको छ । यहाँ उपसभापति, सहसचिव र कोषाध्यक्ष आइतबार मात्रै टुंगो लाग्नेछ । सचिवमा चिरञ्जीवी धिताल र कृष्ण घले सर्वसम्मत चयन भए ।

गण्डकी गाउँपालिकाको सभापतिमा होमबहादुर राना सर्वसम्मत चयन भएका छन् । सचिवमा कृष्ण सापकोटा र नवराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

बारपाक सुलीकोट गाउँपालिकाको प्रमुखमा जीतबहादुर घले निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी केशरी ढकाललाई ४८ मतान्तरले पराजित गरी घले निर्वाचित भए । उपसभापतिमा दलबहादुर तामाङ र सुकबहादुर गुरुङ तथा सचिवमा नरहरि वाग्ले र धर्म भट्ट निर्वाचित भएका छन् ।

त्यस्तै भीमसेन थापा गाउँपालिकाको सभापतिमा नारायण भट्टराई निर्वाचित भए । उनले निकटतम प्रतिद्वन्द्वी विदेश नराललाई ५७ मतान्तरले पराजित गरेका हुन् । उपसभापतिमा नवराज अधिकारी र कृष्ण ढकाल तथा सचिवमा टलक गुरुङ र जीवनाथ पुडासैनी निर्वाचित भएका छन् ।

सिरान्चोक गाउँपालिकाको सभापतिमा चार जनाको दावेदारी छ । ज्ञानेन्द्र गुरुङ, वीरबहादुर थापा, भक्तबहादुर गुरुङ र जयकृष्ण ढकालले उमेद्‍वारी दर्ता गराएका हुन् । गोरखा नगरपालिकामा चन्दनबाबु खत्री र डिलबहादुर थापा मगर बिच प्रतिस्पर्धा छ । पालुङटार नगरपालिकामा अमर धिताल र विमल ढकालले उमेद्‍वारी दर्ता गराएका छन् । न्युजकारखाना


Loading comments...