
रबि ओढ बने दोस्रो नेपाल आइडल
६ पुष २०७५, शुक्रबार २१:१७
काठमाडौ । चर्चित टेलिभिजन रियालिटी गायन शो नेपाल आइडलको उपाधि रबि ओढले जितेका छन्। पुलचोक इन्जिनियरिङ्ग कलेजको खेल मैदानमा भएको अन्तिम प्रतिस्पर्धामा सुमित पाठक, अस्मिता अधिकारी र बिक्रम बराललाई उछिन्दै बिक्रम बरालले नेपला आइडल २ को उपाधि चुम्न सफल भएका हुन् ।
उत्कृष्ट चारबाट बिजेता छनोटका लागि दर्शकहरुको भोटको आधारमा रबि ओढले उपाधि जितेका हुन् । कार्यक्रम एपि वान एचडी तथा नेपाल आइडलको युटुवको अफिसियल च्यानलबाट एकैसाथ प्रत्यक्ष प्रसारण भएको थियो । युटुवको लाइभ कार्यक्रम १ लाख ४० हजार दर्शकहरुले प्रत्यक्ष रुपमा हेरेका थिए । कार्यक्रममा अतिथिको रुपमा हाँस्य कलाकार सन्दिप क्षेत्री देखिए । स्ट्यान्डप कमेडियन सन्दिप क्षेत्रीले पनि आफ्नो हाँस्य प्रस्तुति प्रस्तुत गरेका थिए । जसमा लाखौ दर्शकहरुले एकैसाथ हेर्ने मौका पाएका थिए । फाइनलको अवसरमा टप १० मा परेका सम्पुर्ण प्रतिस्पर्धीहरुले पनि आफनो प्रस्तुति प्रस्तुत गरेका थिए । यो जितसँगै रबि ओढले उनले २२ लाख रुपैयाँ, एउटा कार र एउटा एल्बम कन्ट्र्याक र वर्ल्ड टुर प्राप्त गरेका छन्।
फस्ट रनरअप बिक्रम बराल भएका छन । फस्ट रनरअपले २० लाख रुपैया र वर्ल्ड टुरको प्याकेज प्राप्त गरेकाछन् । त्यसैगरी सेकेन्ड रनरअफ झापाका सुमित पाठक भएका छन् । सेकेन्ड रनरअपले १६ लाख रुपैया नगद र वर्ल्ड टुर प्राप्त गरको छन् । थर्ड रनरअप अस्मिता अधिकारी भएकी छिन । उनले होन्डाको स्कुटर प्राप्त गरीन् ।
दोश्रो नेपाल आइडल बनेपछि रवी भावुक हुदै भने, ‘यो जित यो जित हामी चारै जनाको हो’सांगितिक यात्रामा सबैलाई बधाई तथा शुभकामना ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले