
महिलाको चरित्रहत्या गर्ने युट्युब च्यानलका संचालकहरु पक्राउ
१३ आश्विन २०७८, बुधबार २१:५१
युट्युब च्यानल मार्फत महिलाको चरित्रहत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको अनार्गल र नितान्त व्यक्तिगत विवरण प्रसारण गर्ने ब्यक्तिहरु पक्राउ परेका छन् ।
पीडित महिलाको तस्विर सहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुऱ्याई नीजप्रति घृणा वा द्वेष फैलाउने सामाग्रीहरु प्रसारण गर्ने युट्युब च्यानल क्रमशः दैनिक खबर (Dainik Khabar), हरेक पलको खबर (Harek Palko Khabar), सराइचुली मेडिया (Saraichuli Media), मोर्डन अनलाइन टिभी (Modern Online Tv) का संचालकहरु विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत प्रहरीले पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेहरुमा Dainik Khabar युट्युब च्यानलका संचालक दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. १७ मिमुवा घर भई हाल काठमाण्डौ गोकर्णेश्वर बस्ने वर्ष २१ का प्रदिप भण्डारी, Harek Palko Khabar युट्युब च्यानलका संचालक नुवाकोट, सुर्यगढी गाँउपालिका वडा नं. २ चोकदे घर भई जिल्ला काठमाण्डौ नेपालटार बस्ने बर्ष २७ को शिशिर अधिकारी, Saraichuli Media युट्युब च्यानलका संचालक मोरङ वेलवारी नगरपालिका वडा नं.९ घर भई हाल जिल्ला काठमाण्डौ पेप्सिकोला बस्ने ३५ की पिकला कार्की तथा Modern Online Tv युट्युब च्यानलका संचालक दोलखा मेलुङ गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला काठमाण्डौ गोकर्णेश्वर बस्ने २४ को रोधन तमाङ रहेका छन् ।
उक्त च्यानलहरु मार्फत् विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकोले सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमती लिई तपशिलका युट्युब च्यानलहरुका संचालकहरुलाई मिति २०७८-०६-१३ गते पक्राउ गरी सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको छ ।
नेपाल प्रहरीद्वारा जारी विज्ञप्तीको पूरा पाठः
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
इलाम – इलाम नगरपालिका-८ सिङफ्रिङमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । खाल्डोमा गाडिएको अवस्था भेटिएको शव उत्खनन गरिएको
प्रतिमा सिलवाल/ चितवन | जिल्ला प्रहरी कार्यालय चितवनले बाल यौन दुर्व्यवहारको आरोपमा विगत २० दिनमा समातेका पाँच जना पुरुष मध्ये
काठमाडौं – बैंकिङ कसूरका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने धनुषा जनकपुरधाम उप-महानगरपालिका-८ घर भएका ४९ वर्षीय कमल कुमार सिंहलाई