आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ


सुर्खेत । आफ्नै श्रीमती ४० वर्षीया कमला नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-३ रातोपुल बस्ने ५० वर्षीय सुरेश नेपालीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुरेशले गत असोज ५ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी कमलाको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले सुरेशलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


Loading comments...