Lifestyle Portal
  •   १४ मंसिर २०७८, मंगलवार

श्रीमान हत्या गरेको अभियोगमा श्रीमतीसहित अर्का एकजना पक्राउ

१ कार्तिक २०७८, सोमबार १८:०४

कैलाली । आफ्नै पति धनगढी उपमहानगरपालिका-७ बेली बस्ने २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अभियोगमा उनकै पत्नी २७ वर्षीया अमृता चौधरी र सोही ठाउँ बस्ने २९ वर्षीय बिष्णु चौधरीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

रमेश चौधरी शनिबार बिहान सोही ठाउँस्थित खुटिया नदी नजिक मृत अवस्थामा फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरीक्षक समेतको टोली, सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा रमेशको हत्या भएको खुल्न आएपछि घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

अमृता र बिष्णुबीच विगत केही वर्षदेखि सम्बन्ध रहँदै आएकोमा शुक्रबार राति रमेशले आफ्नो घर नजिक परालको थुप्रोमा उनीहरूलाई आपत्तिजनक अवस्थामा फेला पारी कुटपिट गर्दा बिष्णुले प्रतिकार गरी अमृताको सहयोगमा घाटी थिची हत्या गरेको र शव बोकेर करिब १ सय ५० मिटर टाढा चौरमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

बझाङ । जयपृथ्वी नगरपालिका-७ ज्वाडा बस्ने ४६ वर्षीय पिरू भण्डारीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २३ वर्षीय

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट बाघको जस्तो देखिने दाँत १ थान र श्रोत नखुलेको नगद १ लाख ५२ हजार रुपैयाँ

काठमाण्डौ । रक्तचन्दनको तेलको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेल सहित बिहीबार प्रहरीले पक्राउ

कास्की । पोखरा महानगरपालिका-३३ गगनगौंडाबाट १ लाख ९४ हजार २ सय अमेरिकी डलर सहित पोखरा महानगरपालिका-९ शिवालय चोक बस्ने मुस्ताङ