IND VS PAK LIVE स्कोर Update दोस्रो पारी: पाकिस्तानको ब्याटिङ शुरू, १५२ रनको लक्ष्य सामना गर्न बाबर र रिजवानको ओपनिङ


IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक खेल कौशल प्रस्तुत गर्दै भारतलाई १० विकेटले पराजित गरेको छ । यस क्रममा भारतीय बलिङ पूर्णरुपमा फेल रह्यो ।

—-

जितका लागि पाकिस्तानलाई केवल १७ रनको आवश्यकता
बिराट कोहली नेतृत्वको भारतीय क्रिकेट टोली पाकिस्तानसँग पराजयको नजिक आइपुगेको छ । पाकिस्तानलाई अबको बाँकी ओभरमा केवल १७ रनको आवश्यकता रहेको छ । उत्कृष्ट ओपनिङ रेकर्डतर्फको यात्रामा बाबर आजमले ६६ रन जोडिसकेका छन् भने मोहम्मद रिजवानले ६४ रन बनाएका छन् ।

—-

खेल जित्न पाकिस्तानलाई मात्र ३१ रनको आवश्यक्ता
भारतीय टोली यतिबेला संकटमा देखिएको छ । पाकिस्तानी टोलीलाई अबको ५ ओभर (३० बल)मा केवल ३१ रन जोड्ने चुनौती बाँकी रहेको छ । यतिबेला पाकिस्तानी कफ्तान बाबर आजमले ६२ रन बनाएका छन् भने अर्कोतर्फ मोहम्मद रिजवान ५६ रन बनाएर क्रीजमा डटीरहेका छन् ।

पाकिस्तानको १०० रन पूरा, बाबर आजमले पुरा गरे अर्द्धशतक
आकर्षक खेल कौशल प्रदर्शन गरीरहेको पाकिस्तानी टोलीले १३ ओभर खेल्दै बिना कुनै विकेटको क्षतिमा १०१ रन जोडेको छ । पाकिस्तानी कफ्तान बाबर आजमले ५२ रन बनाएका छन् भने मोहम्मद रिजवानले ४६ रन बनाएर खेलिरहेका छन् ।

भारतीय पारीको स्कोर अपडेट यहाँ हेर्नुहोस्ः IND VS PAK LIVE Update: भारत विरुद्ध पाकिस्तान – भारतद्वारा पाकिस्तानलाई १५२ रनको चुनौती

—-

जिततर्फ अग्रसर पाकिस्तान, पहिलो विकेटको खोजीमा टीम इण्डिया
११ ओभरको खेल सक्किएको छ । अहिले पाकिस्तानको स्कोर बिना कुनै विकेटको क्षतिमा ८० रन रहेको छ । स्मार्ट क्रिकेट खेलको प्रदर्शन गरिरहेको पाकिस्तानी टोलीका ओपनिङ जोडि क्रीजमा डटेर लागेका छन् । बाबर आजम अहिले ४३ रनको व्यक्तिगत स्कोरमा रहेका छन् भने मोहम्मद रिजवानले ३५ रन बनाएर खेलीरहेका छन् ।

—-

पाकिस्तानको स्कोर – ७१/०
१० ओभरको खेल सक्किएको छ । भारतीय बलरका विरुद्ध सम्हालिएर खेलिरहेको पाकिस्तानको कुनैपनि विकेट खसेको छैन । अहिले पाकिस्तानले ७१ रन बनाएर खेल अगाडी बढाइरहेको छ । मोहम्मद रिजवानले ब्यक्तिगत ३५ रन बनाएका छन् भने बाबर आजमले ३४ रन बनाइसकेका छन् ।

—-

IND VS PAK T20 World Cup Live: भारतको हातबाट खेल निस्किंदै, पाकिस्तानको ओपनिङ जोडलाई तोड्न भारतीय बलरहरुलाई हम्मे हम्मे परेको छ । के पाकिस्तानले निकाल्ने छ T20 क्रिकेट विश्वकप इतिहासमा भारत विरुद्धको पहिलो जीत?

—-

पाकिस्तानको ५० रन पूरा
८ ओभरको खेल पश्चात पाकिस्तानको स्कोर बोर्डमा ५२ रन बनिसकेको छ भने अहिले सम्म कुनै विकेट गुमाएको छैन । ओपनरद्वय मोहम्मद रिजवानले ३० रन बनाएका छन् भने बाबर आजमले २० रन बनाएर क्रीजमा डटिरहेका छन् ।

—-

पावरप्लेमा पाकिस्तानले बनायो ४३ रन
६ ओवरको समाप्ति पछि पाकिस्तानले बिना कुनै विकेट गुमाउँदै ४३ रन जोडेको छ । मोहम्मद रिजवानको व्यक्तिगत स्कोर २५ रहेको छ भने बाबर आजम १७ रनको व्यक्तिगत स्कोरमा क्रीजमा डटेर खेलिरहेका छन् । भारतलाई अहिले खेलमा फर्किन पहिलो विकेटको भूमिका महत्वपूर्ण रहनेछ ।

#T20WorldCup #INDvPAK

पाकिस्तानको स्कोर – ३५/०
५ ओवर पछि पाकिस्तानले बिना कुनै विकेटको क्षतिमा ३५ रन जोडेको छ । मोहम्मद रिजवान २१ रन बनाएर खेलिरेका छन् भने अर्कोतर्फ बाबर आजमले १४ रन बनाएका छन् । भारतका लागि छैठौं ओभर भुवनेश्वर कुमारको रहेको छ ।

—-

पाकिस्तानको स्कोर – १८/०
२ ओवरको खेलपछि पाकिस्तानले बिना कुनै विकेटको क्षतिमा १८ रन बनाएर खेलिरहेको छ । ओपनिङ जोडी मोहम्मद रिजवान व्यक्तिगत १३ रन तथा बाबर आजम ५ रन बनाएर क्रीजमा खेलिरहेका छन् ।

—-

पाकिस्तानको स्कोर – १०/०
पहिलो ओभर पछि पाकिस्तानले बिना कुनै विकेटको क्षतिमा १० रन जोडेको छ । र यो सम्पूर्ण रन रन मोहम्मद रिजवान एक्लैले जोडेका हुन् ।

 

View this post on Instagram

 

A post shared by ICC T20 World Cup (@t20worldcup)

—-

पाकिस्तानको ब्याटिङ शुरू
भारतले पस्किएको १५२ रनको चुनौतीको सामना गर्न ओर्लिएको पाकिस्तानको बैटिङ शुरू भएको छ । पाकिस्तानी ओपनर बाबर आजम तथा मोहम्मद रिजवान क्रीजमा छन् भने भारतका तर्फबाट पहिलो ओभरका लागि तिब्र गतीका बलर भुवनेश्वर कुमार बलिङका लागि तयार छन् ।

संसारकै सर्वाधिक लोकप्रिय क्रिकेट टोली भारत तथा पाकिस्तानब बीचको खेलको पाकिस्तानी पारी सुरु भएको छ । IND VS PAK T20 World Cup: पाकिस्तानको ब्याटिङ शुरू, १५२ रनको लक्ष्य सामना गर्न बाबर आजम र रिजवानको जोडी ओपनिङ ब्याटिङका लागि ओर्लिएको छ ।

यस अघि भारतीय पारीमा भारतले २० ओभरको खेलमा ७ विकेट गुमाएर पाकिस्तान सामू १५२ रनको चुनौती पस्किएको हो । खेलको प्रारम्भमा लड्खडिएको भारतीय पारीलाई कफ्तान विराट कोहलीले सम्हाल्दै ४९ बलको सहयोगमा ५७ रन जोडेका थिए ।

यो पनि पढ्नुहोस्ः खेल अघि किन घुँडा टेकेर बसे भारतीय खिलाडी? कमाउँदैछ चारैतिर वाहवाही

भारत तथा पाकिस्तान बीच जारी टी-२० विश्वकप क्रिकेटको यो खेल सर्वाधिक प्रतिक्षारत खेल हो । दुबै टोली लामो समय पश्चात एकअर्का विरुद्ध खेल खेलीरहेका छन् ।

भारतको प्लेइङ-११: केएल राहुल, रोहित शर्मा, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, भुवनेश्वर कुमार, वरुण चक्रवर्ती, मोहम्मद शमी, जसप्रीत बुमराह

पाकिस्तानको प्लेइङ-११: बाबर आजम, मोहम्मद रिजवान, फखर जमान, मोहम्मद हफीज, शोएब मलिक, आसिफ अली, शादाब खान, इमाद वसीम, हसन अली, हारिस रऊफ, शाहीन शाह आफ्रीदी


Loading comments...