
देशका विभिन्न स्थानमा व्यवसायीक तास खेलिरहेको अवस्थामा १९ जुवाडे पक्राउ
१ मंसिर २०७८, बुधबार १४:५७
बर्दिया, मधुवन नगरपालिका-६ बुद्धनगर बस्ने झक्कु सुनारको घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९१ हजार ९ सय ५५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
नवलपरासी (पूर्व), देवचुली नगरपालिका-१२ गैडी बस्ने होमराज गिरीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय चित्र बहादुर काफ्ले लगायत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९७ हजार ३ सय १० रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-४ कालिमाटी चोकस्थित राम कुमारी पराजुलीको मझेरी खाजा घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका- ५ बस्ने धादिङ घर भएका ५० वर्षीय मोहन थापा मगर लगायत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ४ हजार ३ सय ६० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
इलाम – इलाम नगरपालिका-८ सिङफ्रिङमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । खाल्डोमा गाडिएको अवस्था भेटिएको शव उत्खनन गरिएको
प्रतिमा सिलवाल/ चितवन | जिल्ला प्रहरी कार्यालय चितवनले बाल यौन दुर्व्यवहारको आरोपमा विगत २० दिनमा समातेका पाँच जना पुरुष मध्ये
काठमाडौं – बैंकिङ कसूरका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने धनुषा जनकपुरधाम उप-महानगरपालिका-८ घर भएका ४९ वर्षीय कमल कुमार सिंहलाई
मोरङ । आफ्नै बुबा ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका-९ डाँगाबजार बस्ने ३५ वर्षीय