बाघको छाला सहित पक्राउ


दाङ, घोराही उपमहानगरपालिका-१६ गडुवाबाट १ थान बाघको छाला सहित तुलसीपुर उपमहानगरपालिका-५ बस्ने ३१ वर्षीय महेश खडका समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा.२ प २६६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

*फाईल तस्वीर


Loading comments...