Lifestyle Portal
  •   ४ जेष्ठ २०७९, बुधबार

भारत सरकारको अनुदान सहयोग अन्तर्गत निर्माण गरिएका सर्लाही जिल्लाका दुई नयाँ विद्यालय भवनको उद्घाटन

२३ मंसिर २०७८, बिहीबार २२:३५

भारत सरकारको आर्थिक सहयोग क्रमशः नेरु. ६९.४ लाख र नेरु. १ करोड ५९ लाख लागतमा निर्माण गरिएका सर्लाही जिल्लाको पिपरिया, कविलासी–२ स्थित श्री बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालय र नेत्रगंज,लालबन्दी–१ स्थित श्री जनता माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनहरुको भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले उद्घाटन गर्नुभयो । स्थानीय प्रतिनिधि, जिल्ला समन्वय समितिका अधिकारी, विद्यालय व्यवस्थापन समिति तथा स्थानीयबासीले उक्त उद्घाटन समारोहमा उपस्थिति जनाएका थिए ।

श्री बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालयको स्थापना सन् १९६० मा र श्री जनता माध्यमिक विद्यालयको स्थापना सन् १९६२ मा भएको हो । यस क्षेत्रका यी दुवै विद्यालयहरुमा प्राथमिक शिक्षाको मात्र सुविधा थियो । नेत्रगंजस्थित श्री जनता माध्यमिक विद्यालय व्यवस्थापन र प्राविधिक शिक्षा अध्यापनका लागि पनि उपयोग भइरहेको छ । साथै यो क्षेत्रमा घनाबस्ती भएकाले यस क्षेत्रका बालबालिकाको शैक्षिक आवश्यकताहरू पूरा गर्न हालका पूर्वाधार अपर्याप्त छन् । नयाँ विद्यालय भवनले दुर्गम क्षेत्रमा अध्ययनका लागि राम्रो वातावरण सिर्जना गर्नुका साथै जिल्लाको शैक्षिक विकासमा समेत योगदान पु¥याउनेछ ।

भारत सरकार, नेपाल सरकार र जिल्ला समन्वय समिति सर्लाहीबीच भएको सम्झौता अनुरुप उच्च प्रभाव सामुदायिक परियोजनाको रुपमा यस विद्यालय भवनको निर्माण भएको हो ।

सन् २००३ यता भारतले नेपालमा नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा हालसम्म ४६१ वटा परियोजनाको निर्माण सम्पन्न भइसकेको छ जसमध्ये सर्लाही जिल्लाका २० गरी प्रदेश २ मा ५८ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले सर्लाही जिल्लाका विभिन्न स्वास्थ्य चौकीलाई ३८ वटा एम्बुलेन्स र एउटा स्कुल बस उपलब्ध गराइसकेको छ ।

भारत र नेपालबीच मित्रता र सहकार्यको विशिष्ट सम्बन्ध रहेको छ । दुई देशबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय विकास साझेदारी पनि रहेको छ । यस शैक्षिक पूर्वाधारको निर्माणले प्राथमिकता क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासमा थप बल प्रदान गर्न भारत सरकारले पुर्र्याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार

काठमाडौं- काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन्। शनिबार राति पौने ११ बजे महानगरपालिकाको निर्वाचन समितिले दिएको जानकारी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । २६८२ मतगणना हुँदा जारी मतगणनाको परिणाम