
नियमित आलु खानुहुन्छ ? त्यसो भए जान्नुहोस् यी कुरा
८ पुष २०७५, आईतवार १२:४९
आलु सबैलाई मनपर्ने परिकार हो । विश्वको सबै भागमा पाइने आलु अरु तरकारी भन्दा सस्तो भएको कारणले पनि धेरैले आलुलाई रुचाउने गरेका छन । लामो समय सम्म भण्डारण गरेर राख्न सकिने र सबै परिकारमा आलुलाई मिसाउन सकिने भएको कारण आलु सर्वप्रिय भएको हो ।
धनि देखि गरिव सबैको भान्सामा पाक्ने आलुलाइ सबैले मनपराउने र स्वादिलो भएको कारणले आलुलाइ तरकारीको राजाको रुपमा पनि लिन सकिन्छ । यो धनीदेखि गरिब सबैको भान्छामा नियमित पाक्छ । आलु स्वादमा मात्रै अब्बल छैन यसबाट अरु धेरै किसिमका स्वास्थ्य लाभ पाउन सकिन्छ । हाम्रो देशमा मात्रै होइन विश्वभरमा सबैभन्दा धेरै आुलको सेवन गरिन्छ ।
आलुको सेवनले पाचन प्रक्रियामा सुधार, मुटुको स्वास्थ्य राम्रो बनाउने, कोलेस्टेरोलको स्तर कम गर्ने, रगतमा सुगर लेभल नियन्त्रण गर्ने र क्यान्सरलाई रोक्न मद्धत मिल्छ । यस बाहेक आलुले रक्तचाप कम गर्छ, अनिन्द्रा हटाउँछ, प्रतिरक्षा प्रणालीलाई मजबुत गर्छ र उमेर बढ्दै गएको देखिने संकेत कम गर्छ, तरल सन्तुलन बनाइराख्छ ,छालाको रक्षा गर्छ र आँखाको हेरविचारमा सहायता गर्छ ।
आलूमा सबै महत्वपूर्ण पोषक तत्वहरु हुन्छन् । आज हामी तपाईंलाई आफ्नो खानामा आलुलाई किन समावेश गर्ने भनेर भन्न गइरहेका छौं । चिकित्सकहरुले पनि हरेक व्यक्तिले दैनिक कम्तीमा पनि १ आलुको सेवन गर्नुपर्ने सल्लाह दिन्छन् ।
यी हुन आलु खानुका फाइदा
१. रक्तचाप
रक्तचाप नियन्त्रणमा राख्नको लागि कम सोडियम आहार आवश्यक छ तर पोटेसियमको उच्च मात्रा पनि समान रुपले महत्वपूर्ण हुन्छ । पोटोसियमले रक्तनलीको चौडाइलाई बढाउँछ । पोषक तत्व जस्तै क्याल्सियम र म्याग्निसियम सबै आलुमा पाइन्छ । यसले स्वभाविक रुपले रक्तचापलाई नियन्त्रित गर्नमा मद्धत गर्छ ।
२. क्यान्सरबाट बचाउँछ
आलुमा फोलेट हुन्छ । डिएनएको संश्लेषण र मर्ममा फोलेटले एक महत्वपूर्ण भूमिका निभाउँछ । यसले कैयौं प्रकारका क्यान्सर कोषलाई डिएनएमा उत्परिवर्तको कारण बनाउनबाट रोक्छ । फल र सब्जीहरुका सथौ आलुपनि उच्च फाइबर स्रोत हो जसले कोलोरेक्टरल क्यान्सरको जोखिमलाई कम गर्छ । आलुमा पाइने भिटामिन ‘सी’ र कार्सेन्टिन एन्टि अक्सिडेन्टले हाम्रो शरीरलाई क्यान्सरको विनाशकारी प्रभावबाट बचाउँछ ।
३. मुटुको स्वास्थ्य
आलूमा रहेको फाइबर पोटेसियम भिटामिन ‘सी’ र भिटामिन बि६ कोलेस्टेरोलको स्तरलाई कम गर्न मद्धत गर्छ । आलुमा फाइबरको महत्वपूर्ण मात्रा रगतमा कोलेस्टेरोलको कुल मात्रालाई कम गर्न मद्धत गर्छ जसले मुटुको बिरामीको जोखिम कम हुन्छ । आधारमा कार्डियो भास्कुलर बिरामीहरुको खतरा लगभग बराबर हुन्छ ।
४. मस्तिस्कको लागि फाइदाकारी
मस्तिस्कको उचित कार्यप्रणाली धेरै जसो ग्लुकोज स्तर, भिटामिन ‘बी’, अक्सिजनको आपूर्ती, ओमेगा ३ जस्ता फ्याटी एसिड, केही हार्मोन र एमिनो एसिडमा निर्भर गर्छ । आलुमा यो सबै तत्व पाइन्छ त्यसैले आलु मस्तिस्कको लागि पनि धेरै लाभकारी छ भन्दा फरक नपर्ला । आलुले मस्तिस्कलाई थाक्नबाट रोक्छ र तपाईंलाई हरेक समय सतर्क राख्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम
काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या
टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान