pokhara

पोखरालाइ थप सुन्दर बनाउन प्रयोग भएका गहनाहरु


अर्जुन भण्डारी
अर्जुन भण्डारी

नेपालको करिव विच भागमा पर्ने एक पर्यटकिय सुन्दर शहर हो । वरिपरि हरिया डाडाँकाडाँले सजिएको यो ठाउँको उत्तरतिर माछापुच्छ्रे हिमाल र अन्नपुर्ण हिमश्रृखंलाको मनोरम दृष्य देख्न पाइन्छ । नेपालको सवैभन्दा बढि पानी पर्ने अनि बदली भैरहने मौसम र यहाँको मोह जगाउने प्राकृतिक बातावरणले मानिसहरुलाइ आर्कषित गर्दछ । यहाँ बर्षेनी लाखौँ पर्यटकहरु आउने गर्दछन । आठ ताल भएको यो विश्वको सबैभन्दा उत्कृष्ट शहरहरु मध्येको मानिने यस शहर राजधानी शहर देखि बस यात्राको लागि पनि विश्वकै उत्कृष्ट गन्तव्य स्थल मानिएको छ ।

 

फेवाताल
पामे देखि पार्दी सम्म ४.८ कि.मी. लम्बाइ र १.५ कि.मी चौडाइमा फैलिएको यो ताल पोखराको सवै भन्दा ठुलो र नेपालको दोस्रो ठुलो ताल हो । यो तालको विचमा ताल बाराही मन्दिर रहेको छ भने वरिपरिको बजारलाइ लेकसाइड भन्ने गरिन्छ । प्राय मानिसहरुको चाप भैरहने यस स्थानमा डीसेम्बरको अन्त्य हप्तामा सडक महोत्सव लाग्ने गर्दछ जुन ४ कि.मी भन्दा लम्बाइमा फैलने गर्दछ । यहाँको पार्कमा साँझपख विषेश रमाइलो हुने गर्दछ । अन्नपुर्ण हिमश्रृखंलाको मनोरम छाँया देख्न पाइने यस तालमा बोटिङ्ग गर्नका लागि विदेशी तथा स्वदेशी पर्यटकहरुको चाप अत्यधिक रहने गर्दछ । तालको माथिल्लो केहि भागमा माछा पालन पनि गरिएको छ ।

तालबाराही मन्दिर
यो मन्दिर फेवातालको करिव विच भागमा पर्दछ । प्राय संधै मानिसहरुको घुइचोँ रहने यो मन्दिरमा कोजाग्रत पुर्णिमाको दिनमा मेला लाग्ने गर्दछ । यो मन्दिर पुग्नका लागि डुँगा चढेर जानुपर्दछ, जस्ले भक्तजनहरुलाइ डुँगामा सवार गर्ने अवसर प्रदान गरी थप आनन्द प्रदान गर्न सहयोग गरेको छ ।

माछापुच्छ्रे हिमाल
समुन्द्र सतह देखि ६९९३ मिटर उचाइमा रहेको यो हिमाल पोखराको प्राय सवै स्थानबाट देखिने भएकाले पोखरालाइ थप मनमोहक बनाउन ठुलो भुमिका खेलेको छ । सदावहार हिउँ रहने यो हिमाल पोखराको उत्तरी भागमा अवस्थीत रहेको छ । हिउँदको महिनामा हिमालको तल तल सम्म सेताम्य हिउँ देख्न पाइन्छ । माछापुच्छ्रे हिमाल पानीमा डुवुल्की मार्दै फेवातालको छालमा सल्वलाएको दृष्य देख्न पाइन्छ ।

बेगनास ताल
बेगनास ताल पोखराको दोस्रो ठुलो ताल मानिन्छ । यो तालको वरिपरि रुपा, मैदि, दिपाङ्ग, खाष्टे, शान्ती लगायत ६ वटा तालहरु रहेका छन । बेगनास तालमा डुँगा सयर गर्न विभिन्न स्थानबाट मानिसहरु आउने गर्दछन ।

शान्ती स्तुपा
पुम्दी भुम्दी भन्ने स्थानमा अवस्थीत यो स्तुपा पोखराको पश्चिमी भागमा पर्दछ । यो पोखराको उच्च स्थानमा भएकाले पोखराको प्राय सवै स्थानबाट देखिन्छ । यहाँ बुद्धको चारवटा ठुला मुर्तिहरु राखिएका छन । स्तुपामा स्वदेशी तथा विदेशी आगन्तुकहरुको भीड नै लाग्ने गर्दछ । स्तुपा भन्दा माथिल्लो डाँडामा विशाल महादेवको मुर्ति बनाउने कार्य भइरहेको छ ।

पातले छाँगो र गुप्तेश्वर मन्दिर
फेवातालवाट वहने पार्दी खोलामा भएको पातले छाँगो पर्यटकिय दृष्टीले निकै राम्रो मानिएको छ । यहाँ वषार्तको समयमा पानीका फोहोराहरु देख्न पाइन्छ । यहाँ ठुलो खोलावाट आएको पानी जमिन मुनि गएको दृष्य देख्न सकिन्छ । यस स्थलको नजिकै गुप्तेश्वर महादेव मन्दिर रहेको छ । गुफाको मध्ये भागमा रहेको मन्दिरमा पुग्नको लागि करिव २०० मिटर गुफा भित्र जानु पर्दछ । यस गुफा बाट पातले छाँगोको तल्लो भाग सम्म पुग्न सकिन्छ ।

विन्दवासीनी मन्दिर
यो मन्दिर पोखराको करिव मध्य भागमा अवस्थीत छ । पोखराको प्रमुख गन्तव्य स्थलको रुपमा यो मन्दिर रहेको छ । यस मन्दिरमा नवदुर्गामा भक्तजनहरुको निकै घुँइचो लाग्ने गर्दछ । यहाँ ज्योतिष सम्बन्धी हरेक प्रकारका कामहरु पनि गर्ने गरिन्छ । यस मन्दिरमा फुलपातीको दिनमा फुलपातीलाइ पोखरा बजार घुमाएर भित्रात्याउने चलन रही आएको छ ।

अन्तराष्ट्रिय पर्वतिय संग्रहालय
यो विश्वको सवैभन्दा ठुलो पर्वतिय संग्रहालय हो । यहाँ हिमाली परिवेशका चाल चलन तथा रितिरिवाज झल्कीने विभिन्न वस्तुहरु राखिएको छ । यहाँ मनास्लु हिमालको नमुना देखि विभिन्न समुदायको चित्रण हुने बस्तुहरु राखिएको छ । रक क्लाइम्बीङ्गको लागि एउटा टावर पनि बनाइएको छ । यहाँ मंसीरको अन्तिम हप्ता बार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गर्ने गरिन्छ ।

ढुङ्गेसाँघुको पुल
ढुङ्गेसाँघुको शाब्दीक अर्थ ढुङ्गाबाट बनेको पुल हो । प्राकृतिक रुपमा स्वस्फुर्त बनेको यो पुल सेति नदिको सतह देखि करिव १५० मिटर उचाइमा रहेको छ । यो प्राकृतिक पुलमा सवारी साधन पनि स्वतन्त्र आवात जावत गर्न सक्ने भएकाले पनि अझ आश्चर्यको रुपमा लिइन्छ । हाल संरक्षणका लागि हेवी गाडीहरुलाइ निषेध गरिएको छ ।

प्याराग्लाइडिङ्ग
चरा जस्तै आकाशमा उड्न मन कस्लाइ नहोला र ? यी इच्छाहरु पुरा गर्नका लागि पोखराको सराङ्गकोटमा प्याराग्लाइडिङ्ग संचालन गरिएको छ । फेवातालको माथि माथि उडाइने यो खेलवाट पोखरा अवलोकन गर्न सकिन्छ । यो पनि पोखराको एक महत्वपुर्ण खेलको रुपमा लिन सकिन्छ ।

बन्जी जम्प
एउटा झोलुङ्गे पुलवाट खुट्टामा डोरीले बाँधेर हाम फालिने यो खेल निकै साहासिक खेल मान्ने गरिन्छ । पोखराको हेम्जा भन्ने स्थानमा यो खेल गराइँदै आएको छ र हाल ढुङ्गेसाँघुुको पुल नजिकै महतगौंडा भन्ने स्थानमा अर्को बन्जी जम्प निर्माणधिन अवस्थामा रहेको छ । जसवाट सेति नदिको तथा ढुङ्गेसाँघु पुलको अवलोकन गर्न सकिन्छ ।

अन्य केहि रमणीय स्थलहरु
पोखरामा यी स्थलहरु बाहेक घुमघामका लागि लोक प्रीय मानिएका स्थलहरु धम्पुस, रुपाकोट, सराङ्गकोट, चमेरी गुफा, महेन्द्र गुफा, भद्रकाली मन्दिर, सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर, पृथ्वीनारायण क्याम्पस, आदी रहेका छन ।

 


Loading comments...