Lifestyle Portal
  •   ३ जेष्ठ २०७९, मंगलवार

अपाङ्गता: कानूनी प्रावधान तथा सामाजिक मानदण्ड सन्दर्भमा भारतीय महावाणिज्य दूतावासद्वारा प्यानल छलफल

१३ पुष २०७८, मंगलवार १९:०४

‘आजादी का अमृत महोत्सव’ विशेष सप्ताह अन्तर्गत र अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि अपाङ्गताका समस्याहरू बुझ्ने प्रवर्द्धन र सहयोग परिचालनको आवश्यकतालाई बुझाउन वीरगन्जस्थित ‘भारतीय महावाणिज्य दूतावास’द्वारा डिसेम्बर 27, 2021 मा वाणिज्य दूतावासको परिसरमा “Disability : Legal Provisions and Societal Norms (अपाङ्गता: कानूनी प्रावधान तथा सामाजिक मानदण्ड) शीर्षकमा प्यानल छलफल सम्पन्न भएको छ  । प्यानलमा रोटरी क्लब अफ बीरगंजका सदस्य अभिषेक चौधरी, डा आनन्द झा, बालरोग विशेषज्ञ एवंम् रोटरी क्लब अफ बीरगंजका सदस्य, डा. शास्वत प्रसाद अर्थोपेडिक सर्जन एवंम् वीरगन्जको रोटरी लिम्ब प्रोजेक्टका प्रमुख, श्रीकृष्ण जी, रक्सौल सुन्दरपुरको लिटिल फ्लावर कुष्ठरोग कल्याणकारी संघका सचिव, जोन थो, रक्सौलमा डंकन अस्पतालको सामूदायिक पुनर्स्थापना परियोजनाका इन्चार्ज, वीरगन्जस्थित मानव सेवा आश्रमका संयोजक सुश्री सानु गुरुङ र भारतका कन्सुल जनरल  नितेश कुमार सहित महावाणिज्य दूतावासका अधिकृत तथा अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्यानलका सदस्यहरूले आ-आफ्ना संस्थाहरू – मानव सेवा आश्रम, लिटिल फ्लावर कुष्ठरोग संघ, रोटरी क्लब र डङ्कन अस्पताल जस्ता संस्थाहरूले भारत-नेपाल सीमा क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूको उपचार, पुनर्स्थापना र कल्याणमा काम गरिरहेको भूमिकामा प्रकाश पारे। उनीहरुले अपाङ्गता भएका व्यक्तिलाई समान अधिकार र अवसर सुनिश्चित गर्नका लागि सरकारले बनाएका विभिन्न ऐन–नियमका बारेमा पनि जानकारी दिए ।

कन्सुल जनरल नितेश कुमारद्वारा यस विषयमा आफ्नो भिन्न र जानकारीमूलक विचारका लागि सहभागीहरूलाई धन्यवाद ज्ञापन दिनुभयो र अपाङ्गता भएका व्यक्तिहरूका लागि भारत सरकारका Unique Disability Identity  (UDID) जारी गर्ने लगायत विभिन्न कार्यक्रम तथा योजनाहरू बारे प्रकाश पार्नुभयो । उनले विश्वका विभिन्न स्थानमा रहेका असंख्य अपाङ्गता भएका व्यक्तिले कडा परिश्रम र इच्छाशक्ति द्वारा मानसिक तथा शारीरिक अपाङ्गतालाई सफलतापूर्वक पार गरेको बताए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार

काठमाडौं- काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन्। शनिबार राति पौने ११ बजे महानगरपालिकाको निर्वाचन समितिले दिएको जानकारी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । २६८२ मतगणना हुँदा जारी मतगणनाको परिणाम