‘लोहार जातिको हकहितबारे छलफल गर्न विश्वकर्मा सेवा समितिको सम्मेलन’


नेपाल विश्वकर्मा सेवा समितिको ५औँ राष्ट्रिय सम्मेलन सप्तरीमा सम्पन्न भएको छ। कार्यक्रममा लोहार जातीको इतिहास, सामाजिक उत्पिडन र लोहार जातिको उत्थानबारे छलफल भएको छ। सम्मेलनमा प्रमुख अतिथिको रुपमा प्रदेश न २ को मुख्य मन्त्री लालबबु राउत गद्दि, प्रदेश न २ को भुमी तथा कृषि राज्य मन्त्री योगेन्द्र राय यादव रहेको थियो ।

सम्मेलन बारे नेपाल विश्वकर्मा लोहार संघ रौतहटका सचिव विवेक शर्माले लोहार जातिहरुको माग राज्यले सम्बोधन गर्नु पर्ने निर्णय भएको बताए।

‘लोहार जाति समाजमा शैक्षिक, राजनितिक तथा आर्थिक रुपमा पछाडी रहेको छ। लोहार समाजलाई राज्यले बेलाबेलामा दमन र सोषण गर्दै आईरहेको छ।राज्यले आरक्षण कोटाहरु मध्ये दलित कोटामा समाबेस गर्नुपर्ने हाम्रो माग छ’- सचिव शर्माले भने।

लोहारहरुलाई कुनै बेला दलितमा समाबेश गर्ने त कहिले खारिज गर्ने कार्य दलित आयोगको गैर जिम्मेवारपुर्ण रहेको सम्मेलनको निष्कर्श छ।

लोहार जातिको माग दलित कोटामा समावेस, प्रदेश न २ मा रहेको विश्वकर्माको मन्दिरहरुको स्तरोन्नति गर्नको लागि प्रदेश सरकारबाट बजेट विनियोजन, नेपालकै सबै भन्दा ठूलो फर्निचर मेला रौतहटको गरुडा नगरपालिकामा लाग्दै आईरहेको मेलालाई फर्निचर प्रयटनको रुपमा सम्बोधन गर्नुपर्ने लगायतका छन्।

सम्मेलनबाट नया केन्द्रिय समितिको अधिवेशन शनिवार हुने छ।


Loading comments...