Lifestyle Portal
  •   ३ चैत्र २०७९, शुक्रबार
drinking water

पानी कम पिउनु हुन्छ ? यस्ता रोगले सताउला है !

१६ कार्तिक २०७५, शुक्रबार ०९:४८


जीवनमा पानीको महत्व धेरै हुन्छ । खानेकुरा नखाई मानिस तीन चार दिनसम्म बाँच्न सक्ने अनुसन्धानले देखाएको छ । तर पानी बिना भने प्राय बाँच असम्भव छ । पानी जीवन हो । यो हाम्रो शरिरको महत्वपूर्ण अंश हो । शरिरको ७० प्रतिशत भाग पानीले बनेको हुन्छ । रगत, माशंपेशी, हड्डी सबैमा पानीको आवश्यकता पर्दछ ।

पसिना र पिसाबबाट हाम्रो शरीरको पानी जाने गर्छ । विज्ञहरुका अनुसार शरीरमा पानीको मात्रा सन्तुलित रुपमा राख्न दैनिक ८ गिलास पानी पिउनुपर्छ ।

हाम्रो शरीरबाट खेर गएको पानीको मात्रा अनुसार पानी पिउनुपर्छ । शरीरको उचित कार्यका अतिरिक्त विभिन्न रोगबाट बच्न पनि पर्याप्त पानी पिउनु पर्छ । पानीको कमी हुँदा किड्नीमा समस्या, पिसाबको संक्रमण लगायतका समस्या हुन्छ । शरीरलाई स्वस्थ राख्न रसिलो फलफुल खानुपर्छ ।

पानीको अभावमा स्वास्थ्यमा निम्न समस्या देखा पर्दछन्ः

पाचन प्रणालीमा समस्याः
पानी शरीरको एउटा महत्वपूर्ण पर्दाथ हो, जसले हामीले खाएको खानेकुरालाई आन्द्रासम्म पु¥याउँछ र पाचन प्रणालीलाई सफा बनाउँछ । पानीको अभावमा पाचन पक्रिया असहज हुन्छ।

कमजोर र धमिलोः
शरीरमा पानीको अभाव भएमा तन्तु र कोषले पर्याप्त पानी पाउँदैनन्, जसका कारण इन्जाइमले पर्याप्त उर्जा उत्पन्न गर्छ । यसले हाम्रो शरिरलाई कमजोर र आखा धमिलो बनाउँछ ।

डिहाइड्रेसनः
पानी अभावमा शरीरमा डिहाइड्रेसन हुन्छ । डिहाइड्रेसनले स्वास्थ्यसम्बन्धि अन्य समस्या निम्त्याउँछ ।

शरीरको तापक्रम बृद्धि गर्छः
शरीरमा पानीको मात्र कम हुद शरिरको तापक्रम घट्छ। शरिरलाई चिसो बनाउन पनि उचित मात्रामा पानी पिउनुपर्छ ।

पेटको अल्सरः
शरीरमा पानीको अभावमा पेटको अल्सर हुन्छ। पेटमा म्युकोसको निर्माण हँदैन। यसले पाचन पक्रियामा अशर गरी पेटमा एसिडिटी बढ्छ र अल्सर निम्त्याउँछ।

कब्जियतः
शरीरमा प्रर्याप्त पानी नभएममा कब्जियतको समस्या हुन्छ।

जोर्नी दुख्छः
जोर्नीमा हुने तन्तुमा झन्डै ८० प्रतिशत पानी हुन्छ। जोर्नीमा पानीको मात्रा पर्याप्त नभएमा यसले शरीर पोल्ने र जोर्नीमा पीडा हुन्छ।

रक्तचाप घट्छः
रगतमा निश्चित परिणाममा पानीको मात्रा हुन्छ। तसर्थ शरीरमा पानीको अभाव हुँदा रक्त चापको मात्रा घट्छ।

मुटुको धड्कन बढ्छः
जब शरीरमा पानीको अभाव हुन्छ, शरिरमा नुन, चिनी र खनिजको मात्रा पनि कम हुन्छ । यसले मुटुको चाल असामान्य बनाउँछ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम

काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या

टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान