ग्रीन भेन्चरको आइपीओ नतिजा सार्वजनिक


काठमाडौँ – ग्रीन भेन्चर लिमिटेडले आइपिओ नतिजा निष्कासन गरेको छ । कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले भेन्चरको आइपिओ निष्काशन गरेको हो।

कम्पनीको आइपिओका लागि कुल २१ लाख ११ हजार ६ सय ४९ जनाले २ करोड ४३ लाख ५१ हजार ८ सय ८० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २१ लाख ६ हजार ५ सय १६ आवेदकको २ करोड ४२ लाख ७७ हजार कित्ता सेयरका लागि आवेदन स्वीकृत भएको छ भने ५ हजार १३३ जनाको ७४ हजार ८ सय ८० कित्ताका लागि आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ। स्वीकृत आवेदन मध्ये २ लाख ८७ हजार ५ सय जनालाई १० कित्ताका दरले कम्पनीको सेयर बाँडफाँट गरिएको हो।

कम्पनीले चैत ८ गते मंगलबारदेखि ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता सेयर निष्काशनमा ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ५६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २८ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरेको छ। नतिजा बिक्री प्रबन्धकको साइट तथा मेरो सेयरको साइटबाट हेर्न सकिन्छ ।


Loading comments...