Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

टाइफाइड रोगबाट बचाउन खोप अभियान

२४ चैत्र २०७८, बिहीबार १७:१४

लोकप्रिय

टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान देशैभर सञ्चालन हुँदैछ। बालबालिकालाई नजिकैको खोप केन्द्रमा लगी टाइफाइड खोप अनिवार्य लगाऔँ। खोप लगाउने निश्चित मिति र स्थानको बारेमा जानकारी लिन स्वास्थ्य संस्था, विद्यालय वा वडा कार्यालयमा सम्पर्क गरौँ।

यो खोप कसले लगाउनु हुँदैन?
यो खोप विगतमा कुनै खोप लिँदा गम्भीर प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा दिनु हुँदैन। साथै हाल उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा दिनु हुँदैन, तर बिरामी ठिक भईसकेपछि यो खोप लिन सकिन्छ। साधाराण बिरामी भएको अवस्था जस्तैः हल्का ज्वरो आएको, रुघा खोकी लागेको, कुपोषण भएको अवस्थामा यो खोप लगाउन मिल्छ।

खोप निःशुल्क पाईन्छ। खोप सुरक्षित छ। खोपले जीवन रक्षा गर्छ।

#VaccinesWork #Typhoid #NepalHealth

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम

काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या

रोचक विज्ञान लहरोः मैले प्रतिज्ञा गरेको नियमित विज्ञान लहकोको यो पहिलो भाग हो। सकेसम्म म यो लहरो २ हप्तामा १