Lifestyle Portal
  •   ४ जेष्ठ २०७९, बुधबार

रवीन्द्रनाथ टैगोरको १६१ औँ जन्मजयन्ती सम्पन्न

२६ बैशाख २०७९, सोमबार २०:१४

स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय मिलेर यही वैशाख २६ गते भारतीय राजदूतावासस्थित विवेकानन्द हलमा गुरुदेव रवीन्द्रनाथ टैगोरको १६१ औँ जन्मजयन्ती मनायो । यो कार्यक्रम हाल जारी [email protected] “आजादीका अमृत महोत्सव”कै एक हिस्सा अनुरुप आयोजना गरिएको हो ।

कार्यक्रममा प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमारले रवीन्द्रनाथ टैगोरको प्रतिभाको प्रशंसा गर्नुका साथै र आफूभित्र लुकेको क्षमतालाई उपयोग गर्न सबैलाई आग्रह गर्नुभयो । स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका शास्त्रीय संगीतका गुरु तथा विद्यार्थीहरुले एकसाथ रवीन्द्र संगीतको वाचन गरेका थिए भने केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरुले टैगोरकोे रचनामा आधारित गीत र नृत्य प्रस्तुत गरेका थिए जसलाई त्यहाँ उपस्थित दर्शकहरुले अत्यन्तै रुचाएका थिए ।

लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष तथा चर्चित वक्ता वासु गौतमले “शान्ति निकेतनः शिक्षामा टैगोरको विचार” शीर्षकमा अन्तरक्रियात्मक प्रस्तुति दिनुभएको थियो ।

उक्त कार्यक्रममा संगीत, कला र साहित्यका युवा विद्यार्थीहरु, CBSE विद्यालयका बालबालिकाहरु, भारतीय डायस्पोराका सदस्यहरु र विद्वानहरुले सहभागीता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार

काठमाडौं- काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन्। शनिबार राति पौने ११ बजे महानगरपालिकाको निर्वाचन समितिले दिएको जानकारी