
अब नेपालले भारत बाहेक अन्य देशमा पनि विद्युत निर्यात गर्न सक्ने
९ पुष २०७५, सोमबार १६:२०
अब नेपालले भारतीय बाहेक अन्य देशमा पनि बिजुली बेच्न सक्ने छ । भारतले क्रसबोर्डर बिद्युत व्यापार निर्देशिका परिवर्तन गरिसकेकाले अब भारतीय ट्रान्समिसन लाइन मार्फत नेपाल सहित अरु विभिन्न देशले पनि भारतीय प्रसारण लाइन मार्फत सहमतिका आधारमा आफ्नै ट्रान्समिसन लाइन बनाएर बिजुली बेच्न सक्ने उर्जामन्त्री बर्षामान पुनले जनाउनु भयो ।
उहाँले यस विषयमा भारतसँग गहिरो छलफल भैरहेको पनि बतानुभयो । हाल नेपाल देखि बंगलादेशसंग जडान गर्ने ट्रान्समिसन लाइन उच्च प्राथमिकमा रहेको उहाँको भनाई छ । बंगलादेशले माथिल्लो कर्णालीबाट पाँच सय मेगावाट बिजुली किन्ने सहमति गरिसकेको कुरा पनि जनाउनु भएको थियो।
भारतले निर्देशिका परिवर्तन गरिसकेपछि अव नेपालले बिजुली कहाँ बेच्ने भन्ने चिन्ता नभएको उहाँले बताउनुभयो । पहिले बिजुली किन्न भारतीय कम्पनीको ५१ प्रतिशत लगानी हुनैपर्ने नियम भएकोमा हमल लगानी जसको भए पनि किन्न सकिने ब्यबस्था सहित भारतले निर्देशिका परिवर्तन गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । अवैध मोबाइल नचल्ने प्रणाली आगामी जेठदेखि सञ्चालनमा ल्याइने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले जेठदेखि यो प्रणाली सञ्चालनमा
नयाँ दिल्ली । मुम्बइमा भारतीय सुपरस्टार अजय देवगनसँग किसानका बारेमा प्रश्न गर्ने युवकलाई मुम्बइ प्रहरीले प्रकाउ गरेको छ । अजय
चिन्तामणि शिवाकोटी। सम्मानित केन्द्रीय बैंकको गरिमामय डेपुटी गभर्नरको पदको कार्यकाल पुरा गरी मिति २०७७ फाल्गुण १८ देखि सेवानिवृत्त भएको छु
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ। सरकारले वार्ता टोली गठन गरेपछि