Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार
Krishna

कसरी भए श्रीकृष्ण सोह्र हजारका पति

१० पुष २०७५, मंगलवार ०८:५७


अर्जुन भण्डारी
अर्जुन भण्डारी

संस्कृतमा ‘कृष्ण’को अर्थ कालो भन्ने बुझिन्छ । बास्तवमा कृष्ण भन्नाले कालो मात्र होइन विशेष पराक्रम भएको ब्यक्ति पनि हो । हिन्दु धर्मका अनुसार कृष्णलाइ भगवान विष्णुको दश अवतार मध्ये एक मुख्य अवतारको रुपमा लिइन्छ । भगवान कृष्ण एक पुर्ण पुरुष थिए, उनी आर्कषक थिए, ज्ञानी थिए, संगीतकार, गायक, बहादुर, निर्णायक, तथा सबैको मन जित्ने खुबि भएका इतिहासका एक होनहार पात्र थिए ।

भगवान कृष्णको जन्मद्वापर युगमा हाल भारतको मथुरा भन्ने स्थानमा भएको थियो । भगवान कृष्णलाइ जन्म हुनासाथ घरबाट टाढा दानवरुपी आफ्नै मामा कंशदेखि टाढा राखिएको थियो ।

हातमा मुरली बोक्ने, गाइ बस्तुहरुको स्याहार गर्ने, शिरमा मयुरको प्वाँख धारण गर्ने, फुलको माला लगाउने अति सुन्दर ब्यक्तित्वको धनि कृष्ण निकै चन्चले स्वभावका पनि भएको मानिन्छ । उनलाइ कृष्ण काले, मख्खनचोर, राधा पियारे, गोपी, श्याम, सुन्दर, मुरलीधर जस्ता नामहरुले पनि सम्बोधन गरीन्छ । भगवान श्री कृष्णले कंश नामक दानवलाइ मारेर त्यस स्थानको मनुष्यहरुलाइ मुक्ति दिलाउनु भएको थियो ।

हिन्दुहरुको भगवान कृष्णको कृष्ण मन्दिर लगायत मन्दिरहरुमा विशेष पुजा गरिनुको साथै कृष्ण जन्माष्टमीको दिन विशेष पुजा आजा गरिन्छ । भगवान कृष्ण पिता बासुदेव र माता यसोधाको कोखबाट जन्मिएको थिए । उनको विभिन्न लिलाहरुको बारेमा शास्त्रमा बडो रोचक तरिकाले वर्णन गरिएको छ ।

मख्खन चोर
भगवान कृष्णको प्रिय भोजन मख्खन रहेको थियो । उनलाइ कसैले मख्खन दिनु पर्दैनथ्यो घरमा कोहि नभएको बेलामा पनि आँफै झिकेर खाइदिन्थे । भगवान कृष्णले साथीहरुसंग मिलेर गोपीहरुको घरमा गएर पनि मख्खन खाने गर्दथे । यसरी दैनिक मख्खन खाने भएपछि उनीहरुले यसोधाको घरमा जम्मा भएर गुनासो गरे । त्यसपछि कृष्णले रुँदै आफुले मख्खन नचोरेको बताए । त्यस पछि गोपीहरुले मख्खन सहित पक्राउ गर्ने योजना बनाए । भोली पल्ट एक घरमा मख्खन चोरी सकेपछि अर्काे घरमा जाँदै गर्दा कृष्ण समातिए । त्यसपछि उनलाई माता यसोदाकहाँ लगियो । भगवान कृष्णको शक्ति अपरम्पार थियो जस्ले गर्दा उनी तत्काल आफूलाई समात्ने महिलाको पुत्रको रुपमा परिणत भइदिए । ती महिलाले यसोधालाइ यस्ले मख्खन चोर्यो भन्दै समातेर सुम्पिइन् । त्यसपछि यसोधाले को रछ हेर्नुस त भनिन् । त्यसपछि हेर्दा जस्ले समाएको थियो उसैको पुत्र देख्दा लाज मान्दै घर तिर महिला गएकी थिइन् ।

बस्त्र हरण
एकदिन भगवान कृष्ण नदिको किनारमा जाँदा गोपिनीहरु स्नान गरीरहेको देख्नुभयो । त्यसपछि भगवान कृष्णले उनीहरुको वस्त्र लुकाइदिनुभयो र रुखमा बसी उनिहरुको प्रतिक्षा गर्नुभयो । केहि समयपछि स्नान गरी गोपिनीहरु वस्त्र राखिएको स्थानमा आइपुगे तर वस्त्र भने भेटाउन सकेनन् । यता उता खोजे, हुरी बतास आयो कि भनि आपसमा कुरा गर्न थाले । केही बेरमा रुखमा मुरलीको धुन बज्यो त्यो सुन्ना साथ सवै गोपिनीहरुले रुख तिर हेरे । भगवान कृष्णलाइ उक्त रुखमा देख्नासाथ उनीहरु दौडिदै पानीमा पुगे । उनीहरु भगवान कृष्णलाइ मनै देखि माया गर्ने भएता पनि गालि गर्न लागे ।

राधा लिला
राधा कृष्ण भगवानको निकै ठुलो भक्त भएको मानिन्छ । उनको जन्म पनि कृष्ण जन्माष्टमीको दिनमा भएको पाइन्छ । राधा कृष्णको मुरलीको धुन सुन्नासाथ कृष्णको छेउ पुगिहाल्थीन । कृष्ण पनि राधालाइ निकै माया गर्दथे । राधाले गाइ दुहुन जाँदा जहिले कृष्णलाइ बोलाउने गर्दथिन । एक दिन त्यो दृष्य सखिहरुले देखे । त्यसपछि राधालाइ जिस्क्याउन थाले । राधाले उक्त जिस्क्याइलाइ टार्नको लागि वेहोस भएको नाटक गरिन । जे जति झार फुक गर्दा पनि उनको होस आएन । त्यसपछि सखिहरुले जुक्ती निकाली कृष्णलाइ डाके । कृष्ण भगवानले मन्त्र फुकेर मुरली बजाउनासाथ उनको होस आयो ।

गोपीनीहरुसंगको प्रेम
भगवान श्री कृष्णको प्रेम र १६००० रानीहरुको कुरा चर्चामा रहेको छ । गोपी र राधासंगको प्रेम भने  निश्चय पनि थियो । मिरा भन्ने कन्या भगवान कृष्णलाइ गोपिकाहरुले कुन हद सम्म प्रेम गर्दथे भन्ने सम्बन्धमा मिराको प्रेम लिन सकिन्छ । उनले कृष्णलाइ बाहेक अरुलाइ संसारमा पुरुष देख्दिनथिन ।

एक जना नरकासुर नाम गरेको राजा थियो । उस्ले दिनहूँ कन्याहरु ल्याउँथ्यो र यौन सम्बन्ध राख्थ्यो । त्यस पछि उनीहरुलाइ एउटा जेलमा राख्ने गर्दथ्यो । यसरी उस्ले हजारौँ कन्याहरुलाइ बन्दी बनाएको थियो ।  ती कन्या हरुलाइ कसैले छुटकारा दिलाउन सकेका थिएनन् । त्यो खवर कृष्णले पाए । त्यसपछि भगवान कृष्ण उक्त राजालाइ बध गरी सवै कन्यालाइ मुक्त गरी उनीहरुको घरमा पठाए । घर गएका ती कन्याहरु पुनः भगवान कृष्णको पास आए र भने उनीहरुलाइ परिवार तथा समाजले स्वीकार नगरेको र कसैले विवाह नगरेको कुरा ब्यक्त गरे त्यसपछि भगवान कृष्णले तत्काल निणर्य गर्नुभयो र भन्नु भयो तिमीहरु आज देखि कृष्ण पत्नी भयौ । त्यसपछि तिमीहरुको जिम्मेवारी पनि मेरो भयो । यसरी कृष्णको सोह् हजार पत्नी भएका थिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग