
दलित बालिकालाई बलात्कार गरी हत्या, मृतककी आमाले दिइन किटानी जाहेरी
१० पुष २०७५, मंगलवार १७:३६
सर्लाही जिल्ला कविलासी नगरपालिका वडा नं. ७ सिरसियाकी दलित बालिका संझा कुमारी माझी मुसहरको बलात्कार गरी हत्या गरिएकोछ । आज मृत्ककी ६० बर्षीय आमा फुलकुमारी माझीले कानुनी कार्वाहीको लागी ईलाका प्रहरी कार्यलय, हरिपुरमा किटानी जाहेरी दिइएका छन् ।
गत १८ गते मङ्गलबारको दिन साझ ७ बजे घरबाट निस्केको १५ बर्षीय बालिका संझा कुमारी माझी अवेला राती सम्म घर नआएको र भोली १९ गते बुधबार करिब ७ बजे तिर घर भन्दा १०० मीटरको दुरीमा रहेको अनाज पासवानको भैसी राख्ने गोठ घरमा झुन्डिरहेको अवस्थामा फेला परेको थियो । केही ब्यक्तिहरुले यस घटनालाई आत्मा हत्या बनाउन प्रयास गरिरहेको र विभिन्न किसिमको डर, त्रास देखाएको कारण पहिला उजुरी गर्न नसकेको मृत्ककी आमाले बताए । आत्मा हत्या गर्नुको कुनै कारण नरहेको र झुण्डिएको औढनी खुकिलो रहेको, जिब्रो बाहिर नआएकोले रातको समयमैमा नै बलात्कार गरी मारेर त्यहा कविलासी–७ सिरसिया निवासी विनय राय र चुनचुन रायले राखेकोले कानुनी कार्यवाही गर्नको लागी किटानी जाहिरी दिएका छन् ।
अभियुक्त ब्यक्तिहरुले पहिला पनि निज संझा कुमारी माझीलाई कपाल समाति घरमा लगेर शारीरिक यौन हिसां गर्न खोजेको तथा केही दिन अगाडी गाजा खाएर नसाएको अवस्थामा मेरो घरमा आइ छोराबुहारीलाई यौन जन्य क्रियाकलाप गर्न खोज्दा बुहारीले हल्ला गर्दा ती अभियुक्तहरु भागेका थिए । यस्तो कुराले आफैलाई बेज्जती हुन्छ र ती अभियुक्त मालिकहरु गाजाको झोकमा त्यसतो गरेकोले अब गर्दैन भनेर केही ब्यक्तिहरुले भन्दा आफु उजुरी नदिएको पिडित परिवारले बताए ।
म गरिब मुसहर समुदाय दैनिक ज्यालादारी गरी जिवनयापन गर्ने ब्यक्ति ती मालिकहरुसित एकलै लडने क्षमता नभएकोले न्यायको लागी मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, दलित अधिकारकर्मीहरुले पहल गरिदिनुहुन आग्रह गरेका थिए ।
ईलाका प्रहरी कार्यलय, हरिपुरका इन्सपेकटर रमेश बहादुर पालका अनुसार यस बारे अनुसन्धान भैइरहेको र दोषी ठहरे मुदा दर्ता गरी अनुसन्धान अगाडी बढाउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा