Lifestyle Portal
  •   २१ असार २०७९, मंगलवार

यसकारण नेवार महिलाले लगाउदैनन् फुली

१० पुष २०७५, मंगलवार १७:२९

नेवारी समुदायमा महिलाहरुले लगाउने चलन छैन । अरु साम्प्रदायका महिलाले नाक छेड्ने चलन हुदा नेवार समुदायमा किन यो चलन भएन भनेर मनमा कौतुहलता जाग्नु सामान्य कुरा हो । यस भन्दा पहिले हामीले बुझ्नु पर्ने यी कुरा हरु छन् ।

नाक छेडेर लगाइने फुली को चलन नेपालमा कसरी रह्यो त? के यो हिन्दू चलन हो? यदी हो भने, पक्कै फुलीको संस्कृत शब्द पनि हुनु पर्ने हो, के हो त संस्कृत नाम? लिच्छवीकालिन कै कुरा गरौ, नेपालका प्राचीन देवीका मुर्तीहरुमा के फुली लगाइएको छ र?

यो त एघारौ वा बार्हौ शताब्द तिर भारतमा मुगल राज्य रहदा, मुगलहरुको नजरबाट आफ्नो छोरी चेली बचाउन हिन्दूहरुले प्रचलनमा ल्याएको चलन थियो, कारण त्यस ताका मुस्लिमहरुका बिवाहित महिलाहरुले फुली लगाउने गर्थे (जस्तो कि नेपाली समाजमा सिन्दुर पोते), र उनीहरुको समुदायमा बिवाहित स्त्री माथि दृष्‍टि लगाउनु, हरण गर्नु जघन्य अपराध मानिन्थ्यो।

त्यही भएर हिन्दूहरुले सानैमा आफ्ना छोरी चेलीको नाक छेड्ने गर्थे, ताकी मुगलहरुको गिद्दे नजरबाट बचोस्। त्यो परम्परा बिस्तारित हुँदै गयो, त्यहाँ बसोबास गर्ने सबै हिन्दूहरु र खस समुदायले यसलाई परम्पराकै रूपमा ढाले। त्यहाँबाट बसाइ सराइ गर्दै नेपाल आएका खसहरुले त्याे परम्परा साथै ल्याए, उनीहरुको संसर्गमा परेका अन्य जातजातिले पनि अङ्गाले।

तर प्राचीन समयदेखि कहिल्यै मुगलहरुको र खस सम्प्रदायको संसर्गमा नपरेकाहरुले कहिल्यै फुलीलाई आफ्नो ठानेनन्। ब्राह्मणी हुँदैमा फुली लगाउनु पर्ने होइन, मेरो परिवार पूर्णरूपमा ब्राह्मण हो, तर फुली कसैले कुनै पुर्खाले पनि लगाएनन्, मेरा जातका महिलाहरु कसैले लगाउँदैनन् पनि, किनकी हामी त्यो ताका पनि नेपालमै थियौ।

नेवार समूदायका श्रेष्ठ, मल्ल आदि थर गरेकाहरु पूर्ण रूपले क्षत्रीय हुन्, उनीहरु छेत्री हुँदैमा पनि महिलाहरु फुली लगाउदैनन् किन कि उनीहरु पनि त्यतिखेर नेपाल मै थिए। अन्य पनि यही हो। अचेल कसैले आफ्नो स्वेच्छाले लगाउँछन भने त्यो छुट्टै कुरा हो ।

लेखक: सुयोग ढकाल

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते

भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका

भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको