Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार
street festival

आज देखि पोखरा सडक महोत्सव शुरु

१३ पुष २०७५, शुक्रबार १०:१८


नयाँ बर्षको योजना के बनाउनु भएको छ ? जाने होइन त पोखरा ? सडकमै खाऔं, सडकमै नाचौँ, सडकमै रमाऔँ भन्ने मुल नाराको साथ रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान)को पोखराको आयोजनामा पोखराको लेकसाइडमा आजदेखि  १७ गते सम्म २० औं पोखरा सडक महोत्सव हुने भएको छ । पोखराको हल्लनचोक देखि सहिद चोक सम्म तालको किनारमा ३ किलोमिटर क्षेत्रमा फैलिएर बाटोमा लाग्ने महोत्सवमा विभिन्न देश तथा विदेशी पर्यटकहरुको आगमन हुने गर्दछ । ५ दिन सम्म सन्चालन हुने महोत्सवमा विभिन्न खानाको परिकार र विविध सांस्कृतिक कार्यक्रम गरिने छ । हाल होटल तथा रेष्टुरेण्ट ब्यावासायी तथा आयोजक समिति महोत्सव ब्यबस्थापनमा ब्यस्त रहेका छन । भने लेकसाइडको एरिया झिलिमिली बेहुली झैँ सिँगार पटार गर्नेछन ।
Pokhara Street Festival

अंग्रेजी नयाँ बर्ष २०१९ लाइ भव्य रुपमा मनाउनका लागि आयोजना गरिने यस महोत्सवमा विभिन्न खानाको परिकार र कार्यक्रमहरु प्रस्तुत गरिने छ । महोत्सवमा नेपालका विभिन्न साँस्कृतिक कार्यक्रम सहित श्रीलंका, कोरिया र जापानी टोलीले आ(आफ्नो देशको कला र सांस्कृतिक समेत प्रदर्शन गर्नेछन् । भने महोत्सवमा लाइभ कन्र्सट, राष्ट्रिय लोक दोहोरी, खाना महोत्सव, पञ्चेवाजा, नेवारी, मगर, गुरुङ्ग, राई, लाखे लामाङ्ग सेलो तथा थारु समुदायको कौडा नाच लगायत विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ ।

महोत्सवको अवधी भरीमा करिव ६ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको छ । महोत्सवले आन्तरिक तथा बाह्य पर्यटनलाइ प्रर्वधन गर्नुको साथै पर्यटक बर्ष २०२० लाइ पनि विशेष टेवा पुर्याउने छ भन्ने विश्वास आयोजकको छ । बर्षेनि लाग्ने यस मेलामा सडकमा होटल तथा रेष्टुरेण्टका स्टलहरु राखिने छन भने मेलाको मुख्य आर्कषण विभिन्न साँस्कृतिक कार्यक्रमहरु, स्थानिय ६ जिल्लाका सामाग्रीहरु तथा अन्य स्टलहरु बसुन्धरा पार्कमा गरिने छ । पौष १७ गते राती ११ः३० देखि १२ः१५ सम्म नै नयाँ बर्षको स्वागतका लागि ठुला पटकाहरु क्तमिक रुपमा पड्काउने गरीन्छ ।
street festival

पोखराको पहिचानको रुपमा रहेको यस महोत्सवको लागि मेला भर्नका लागि नेपालका शहरहरु काठमाण्डौं, भरतपुर, धरान, बुटवलबाट ठुलो संख्यामा दर्शकहरु आउने गर्दछन । होटल ब्यवसायीहरुको अनुसार लेकसाइड वरिपरीका सवै रुमहरु बुकिङ्ग भइसकेको कुरा पनि जनाइएको छ । महोत्सवमा आउने मानिसहरुको ठुलो घुँइचो हुने गर्दछ ।

street festival
street festival nepal

street festival street festival street festival street festival street festival

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,