
नियमित चना खानुको यस्ता छन फाइदा
११ पुष २०७५, बुधबार १३:४९
चना सम्बन्धि एउटा भनाइ नै छ “कि त छोराले खान्छ, कि त घोडाले खान्छ” । यो कहावत यसै भनिएको हैन पक्कै पनि चनाको फाइदा हरु धेरै नै भएर हो । आउनुहोस आज सर्वगुणकारी चनाको केहि फाइदाहरु हेरौ
मुठ्ठी भरी चना लिनुहोस् र यसलाई राम्रोसँग सफा गर्नुहोस् । त्यसमा पानी हाल्नुहोस् र रातीभरी भिज्न दिनुहोस् । बिहान चना निकालेर राम्रोसँग चपाएर खानुहोस् । चाहनुहुन्छ भने पानीलाई पनि छानेर पिउनुहोस् ।
१. ताकत र ऊर्जा
भिजाएको चना ताकत र ऊर्जाको निकै राम्रो स्रोत हो । यसको दैनिक सेवन गर्नुहुन्छ भने कमजोरी हट्छ ।
२. कब्जियतबाट राहत
भिजाएको चनामा अत्यधिक फाइबर हुन्छ । यसले पेट सफा गर्छ र पाचन क्रियालाई सुधार्ने काम गर्छ ।
३. बढ्नेछ शुक्राणु
बिहान १ चम्चा चिनीसँगै एक मुट्ठी चना भिजाएर खाँदा शुक्राणु बढ्छ ।
४. बढ्नेछ प्रजनन क्षमता
दैनिक बिहान मुट्ठीभरी चना खाँदा प्रजनन क्षमता बढ्छ ।
५. पिसाबको समस्या
भिजाएको चनासँगै गुँद खाँदा पटक–पटक पिसाब लागिरहने समस्या ठिक हुन्छ । पाइल्सबाट पनि राहत मिल्छ ।
६. स्वस्थ छाला
नुन नहाली भिजाएको चना मज्जाले चपाएर खाँदा छाला स्वस्थ र चम्किलो हुन्छ । चिलाउने, डाबर आउनेजस्तो स्वास्थ्य समस्या हट्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम
काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या
टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान