birthday

जन्मदिन यसरी मनाउँदा उत्तम


अर्जुन भण्डारी
अर्जुन भण्डारी

पृथ्वीमा भएका हरेक प्राणीको जन्ममिति हुन्छ । प्रथम पटक पृथ्वीमा आएको दिन हो जन्ममिति अनि समय जन्म समय । जन्ममितिको आधारमा बार्षिक रुपमा मनाइने बार्षिक उत्सव जन्मदिन हो । सामान्यतया प्राणीको जिवनको शुरुवात जन्म अगावै भ्रुण अवस्थाबाट नै हुने गर्दछ तर उसको जिवन चक्र उसको जन्म देखि शुरु हुने भएकाले जन्ममितिलाइ नै शुरुवातको दिन मानिन्छ ।

कतिपयलाइ आफ्नो जन्ममिति यै हो भन्ने कुरा एकिन नहुन सक्छ  तर जन्ममिति एकिन हुन आवस्यक छ । जन्ममितिकै आधारमा उमेर अनुमान गर्न सकिन्छ । सामान्य गोरु किन्दा त मान्छेले कति उमेरको हो भनि अनुमान लगाइ उमेरकै आधारमा  मुल्य समायोजन गरी खरिद विक्री गर्छन, त्यस्तै एउटा रुख पनि उसको उमेरकै आधारमा कलिलो वा बलियो काठ भनि अनुमान लगाउँछन भने मानव जिवनमा त यसको झनै ठुलो महत्व रहेको छ । उमेरकै आधारमा मानिसको रहनसहन हुन्छ । त्यसैले आफ्नो जन्ममिति जान्न आवस्यक छ ।

विशेषगरी जन्मदिन नेपाली पात्रो तथा अंग्रजी पात्रोको आधारमा मनाउने परम्परा बन्दै आएको छ तर जन्मदिन मनाउँदा जन्म तिथीको आधारमा मनाउनु सर्वोत्तम मानिन्छ । ज्योतिष शास्त्रका अनुसार अरु मितिमा भन्दा जन्म तिथिमा जन्म दिन मनाउँदा जन्मदिनको कर्मवाट हुने फल प्राप्त हुन्छ । ग्रहहरुको उच्च सकारात्मक प्रभावका कारण एक कुशल शिशुको जन्म भएको हुन्छ । त्यस तिथीमा नक्षेत्र, तथा अधिकाशँ ग्रहरुको उत्तम संयोग परेको हुन्छ त्यसैले जन्मदिन मनाउँदा तिथिकै आधारमा मनाउन उत्तम रहेको छ ।
worship god

जन्मदिन भन्नाले केक काट्ने, साथिहरुसंग शुभकामना आदान प्रदान गर्ने, पार्टि दिने, नाचगान गर्ने अनि गिफ्ट प्राप्त गर्ने भन्ने कुरा बुझिन्छ तर यो धारणा गलत हो । जन्मोत्सवको कार्यक्रम शुरु गर्नुअघि सम्भव भएमा तोरीको तेल राखेर बालिने दियोमा बत्ति बाल्नुहोस् र जन्मोत्सव कार्यक्रम मनाउने अवधिभर उक्त दियो बलिरहोस् । यदि त्यस्तो दियोको व्यवस्था नभएमा कम्तिमा एउटा मैनबत्ति बाल्नुहोस र उक्त मैनबत्ति जन्मोत्सव चलिरहँदा बलिरहोस् । कार्यक्रम अन्त्य सम्म बत्ति ननिभाउनु होस । जन्म दिनमा केक काट्नु नराम्रो मानिँदैन तर केकमा राखिएको बत्ति निभाएर केक काट्ने परम्परा बन्दै आएको छ,  कार्यक्रममा बत्ति निभाउनु अशुभ मानिन्छ ।

आफूभन्दा ठूलाको आशिर्वाद मानिसको जीवनमा आफूभन्दा ठूलाको आशिर्वादको ठूलो महत्व राखेको हुन्छ । त्यसैले जन्मोत्सवमा आफूभन्दा ठूलाको आशिर्वाद लिनु राम्रो हुन्छ । त्यसले उन्मोत्सव मनाउने व्यक्तिमा आफूभन्दा ठूलाको सद्भाव, प्रेम र मार्गदर्शन प्राप्त हुन्छ । जसले उक्त व्यक्तिमा मनोवल थप हुने तथा उत्प्रेरण थपिने हुन्छ । साथै, केटाकेटी बेलैदेखि यस्तो बानी बसालिदिएमा उनीहरुमा आफूभन्दा ठूलालाई सम्मान गर्नुपर्ने रहेछ भन्ने संस्कारको विकास हुन पाउँछ ।

खानेकुरा तथा फलफूल वितरण तपाईं आफनो जन्मदिनका दिन कुनै पनि वृद्धाश्रम, वालआश्रम, गरिव, भोका नाङ्गा आदीलाई आफनै हातले वा कोही व्यक्तिहरुमार्फत खानेकुराहरु वितरण गर्न सक्नुहुनेछ । हाम्रो शास्त्रीय मान्यताले भोका व्यक्तिलाई खान दिएमा सबैभन्दा ठूलो पुण्य हुने उल्लेख गरेको छ । खानेकुराको वितरणले भोको रहेका व्यक्तिमा तृप्तता हुने र उक्त तृप्तताको फल खानेकुरा वितरण गर्नेको जीवनमा झल्कने दर्शनभित्र ठूलो विज्ञान निहीत छ ।

आफना बालबालिकाको जन्मोत्सव मनाउँदा देखिनै उनीहरुलाई अब आउने नयाँ वर्षमा केही राम्रा र निश्चित काम गर्नेछु भनि अठोट गर्ने बानी बसाल्नुहोस् । किनकी जन्मोत्सव जस्तो महत्वपूर्ण दिनमा गरिने वाचालाई सधै सम्झने र त्यसलाई अबलम्बन गर्नु पर्छ भन्ने मनोविज्ञान बालबालिकामा सदैव रहन्छ । जसले गर्दा बालबालिका ती काममा अघि बढ्न उत्प्रेरित भईरहुन । यसले उनीहरुमा पछि व्यवहारिक जीवनमा पुग्दा अँगालेको पेशा ब्यवसायमा पनि अठोट गर्न र त्यसलाई पूरा गर्न मद्धत पुर्याउने छ । त्यस्ता बालबालिकको कार्यसम्पादन क्षमता उच्च रहने छ । बालबालिकालाई केही बोल्न दिऔं जन्मोत्सव मनाउँदा जन्मदिन परेको बालबालिका वा व्यक्तिलाई उपस्थितहरु माझ केही बोल्न दिनुहोस् ।

खालि ‘ह्याप्पी बर्थ डे’को गीत गाएर थपडी बजाई केक काटेर मात्र पनि जन्मदिन मनाईदैन । मन्त्रोच्चारण सहितको विधि सबैभन्दा राम्रो वैदिक परिम्पराअनुसार तय गरिएको मन्त्रोच्चारण सहित जन्मोत्सव मनाउँदा उत्तम हुन्छ । त्यसमा अष्टचिरञ्जीवीको पूजा गर्नेदेखि निश्चित विधि तय गरिएको छ । त्यसो गर्न सकेमा बालबालिकामा आफनो संस्कार अवलम्बन गर्ने बानी पनि बस्दछ भने संस्कृतिको सम्बद्र्धन पनि हुन्छ । साथै, ब्राम्हणद्धारा मन्त्रोच्चारण गर्दा समग्रमा घरमा शान्ति मिल्नेदेखि दैविक शक्तिको संचार हुने सुअवसर प्राप्त हुन्छ ।

जन्मदिनमा यी कार्यहरु गर्नुहोस

  • जसको जन्मदिन मनाउन पर्ने हुन्छ उसले सवेरै उठेर स्नान गर्नु पर्छ ।
  • प्रात कालको नित्य कर्म गरेर, देव अर्चन, देवालय तथा मन्दिर दर्शन गरी दीप प्रज्ज्वलन, कलस पुजन, हवन आदि गरेर बालबालिकालाइ तिलक (टिका) लगाइदिने ।
  • दानको संकल्प उपहार लिनु भन्दा पनि दान दिनु उत्तम हुन्छ । अत सामर्थ्य अनुसार दान दिने परम्परा     बसाल्ने । यसका लागि बिपन्न वर्गका, अभिभावक नभएका बाल बालिकाहरुको सनहायताका लागि   चलाइएका बालगृह, छात्राबास आदिमा आवस्यक पर्ने खाद्य सामग्री, कपि, कलम, लुगा आदि दान दिन सकिन्छ । यसले समाजको सेवा पनि हुन्छ जन्मदिन मनाउने बाल बालिकाको हृदयमा आनन्द पनि हुन्छ ।
  • वृक्षरोपण जन्मदिवसमा एक भन्दा अधिक बिरुवा रोपेर वर्सभरि (राम्रो गरि हुर्किए सम्म) त्यसको संरक्षण   गर्ने संकल्प लिने।
  • आशिर्वाद आफूभन्दा ठुलो, मान्यजनबाटलाई आभिवादन गर्दै आशिर्वाद लिने । उनीहरुको सेवा सत्कार   गर्ने।
  • अबको एक वर्षमा केही राम्रा गुणहरु, जस्तै: सेवा, सत्य, मिठो बोल्ने, सुद्धता, सभ्य, आचरण जस्ता गुणलाई आफ्नो जीवनमा समाहित गर्ने, त्यसको बानी बसाल्ने संकल्प लिएर त्यसको अभ्यास गर्ने ।
  • जन्मदिन मनाउँदा केक काट्ने प्रचलन रहि आएको छ तर केक काटेर बत्ति निभाउनु उत्तम मनिँदैन ।
  •  जन्मदिनमा सात्विक भोजन उत्तम रहन्छ ।

    अंग्रेजीमा पढनुहोस : An ideal way to celebrate birthday


Loading comments...