अभिभावकले आफना सन्तानहरुलाई के सिकाउने


आफना सन्तानहरुलाई सचेत, बृद्धिमान, मिलनसार भई अगाडि बढनको लागी आमाबाबुको स्याहार, शिक्षा तथा मयालुपन निकै जरुरी हुन्छ । यदि उनीहरुले यसप्रकारका व्यवहार प्राप्त गरेन्न भने, उनीहरुमा मानसिक, सामाजिक तथा भावनात्मक पक्षमा आउन सक्ने चुनौति तथा समस्याहरु सामना गर्न आवश्यक सामथ्र्य हुदैन । जसकारण भविष्यमा विभिन्न अवस्था तथा चुनौतिको सामना गर्न कठिन हुन्छ । आफनो सन्तानको सोच, विचार,भावना तथा क्षमता वृद्धि गर्नमा मुख्य भुमिका अभिवाकको रहने गर्दछ ।

अभिभावकले आफना बाबु नानीहरुलाई विभन्न कुराहरु सिकाउन जरुरी रहन्छ , सामाजिक मान मर्यादाका कुरा, परम्परा,अनुशासन,नैतिकताका कुरा तथा जिबनका कुरा जुन कुराहरुले एउटा सरल जिन्दगी जिउनको लागि अभिप्रेरित गरेको हुन्छ । समयले सबै आफै सिकाउछ भन्ने मान्यता गलत हो । आवश्यक कुरा सिकाउनको लागि अभिभावक डराउनु पक्कै हुदैन । केही बुदाँहरु तल उल्लेखित छन, जुन आजको समयमा आफना बालबच्चाहरुलाई सिकाउन निकै जरुरी देखिन्छ ।

  • सिक्नको लागि सधै अभिप्रेरित गर्नु पर्दछ । पढन, लेख्ने कुरामा सधै सकारात्मक भुमिका खेल्नुपर्दछ । बारम्बार गृहकार्यमा सहयोग गर्ने पढने तथा लेख्नलाई कसरी रमाइलो गरी गराउने कुरामा ध्यान दिनु पर्दछ । जसले पढने बानीको सृजना गर्न सजिलो हुन्छ ।
  • सहयोगी भावनाको विकाशको लागि सानै देखि सहयोगी क्रियाकलापमा समावेश गर्नु पर्दछ । सहयोगको आवश्यकता भएका व्यक्तिहरुलाई सहयोग गर्ने सकारात्मक सोचको सृजना गर्न जरुरी हुन्छ ।
  • वातावरण सबैकोलागि हो , वातावरण जोगाउन सबैले सहयोग गर्नुपर्दछ । आफना वालवालिकालाई वातावरण सफा राख्नको लागि जथाभावी फोहोर नगर्ने । वोटविरुवा रोप्न लगाउने, सरसफाईमा लगाउने तथा जिव जनवारको महत्वको बारेमा समय समयमा जानकारी दिनु पर्दछ ।
  • समय अनुसार आउने शारिरिक तथा भावनात्मक परिवर्तनलाई सहज तरिकाले लिनको लागि पहिले नै त्यस्ता परिवर्तनको बारेमा जानकारी दिनु पर्दछ । जसले गर्दा उनीहरुमा मानसिक तनाब हुन पाउदैन ।
  • गल्ती स्वभाविक कुरा हो । यो जीबनको अपरिहार्य भाग हो । गल्ती गर्दिन भन्नु पनि कहिले काहि गल्ति हुन सक्दछ । गल्तीले केही नयाँकुरा सिकाउने गर्दछ जसले भविष्यमा त्यसप्रकारका घटनाहरु घटन दिदैन । अभिभावकले आफना बालबालिकालाई आफनो गल्ती स्विकार गर्न सक्ने तथा गल्तीबाट सिक्ने वातावरण सृजना गर्नुपर्दछ । हामीले देखेका हुन्छौ गल्ती भएपछि अभिभावकले कुरुर व्यवहार गरेको जसले बालमनोवैज्ञानमा प्रतिकुल असर पर्दछ ।

Loading comments...