
छोरी भुतले तर्साउन सक्छ

आमा सधै भन्नु हन्थ्यो छोरी रात परेपछि बाहिर निस्कनु हुदैन भुत आँउछ । भुतहरु अध्यारोमा बसेका हुन्छन । भुत कस्तो हुन्छ, मेरो प्रश्न हुन्थ्यो । डर लाग्दो हुन्छ, , जब कोही रातको समयमा बाटो हिडछ नि उसलाई तर्साउने, अनौठा आवाज निकाल्ने, रुखका पताहरु हल्लाउने अनि चिच्याउने गर्छ । म फेरी सोध्थे तपाईले भुत देख्नु भएको छ,? के भुतले तपाईलाई पनि तर्साएको छ ? आमा हास्ँदै भन्नुहुन्थयो छैन छोरी म रातमा बाहिर नै निस्कन्न, कसरी तर्साउछ मलाई ।
एउटा डरलाग्दो छाप बसेको थियो भुतको । मेरो बाल मस्तिष्कले बनाएको भुतको स्वरुप निकै डरलाग्दो, अग्लो, धेरै दिनदेखि सफा नगरेका ठुला दाँत, ठुला डरलाग्दो आँखा, लामो दारी, जुँगा, हाम्रो तारे गोरुको जस्ता तिखा तिखा सिङ अनि केशब काकाले पाल्नु भएको त्यो भोटे कुकुरको जस्तो टोकाइ । कहिलेकाही साझँमा त्यो बासँघारीमा हावाहरुले पातहरु हल्लाउदा, अनि वरपरको रुखमाा अनौठा अकृति महसुस गर्दा भुत नै हो कि जस्तो लाग्थ्यो अनि म डरले कोठा भित्र दौडन्थे,पछाडि नहेरी । कहिले काही होमवर्क गरिरहदा झयाम्प बत्ति जादाँ पनि डर लाग्थ्यो अध्यारो अनि भुत सँग । अनि बाबाले एउटा मैन बालेर त्यो डरलाई हटाउने गर्नु हुन्थ्यो । मेरो बाबालाई भने भुतसँग डर लाग्दैन थियो । बाबा भन्नु हुन्थ्यो त्यस्ता भुतलाई मैले नै सातो लैदिनेछु , अनि म ढुक्क हुन्थे किनकी मसँग बाबा हुनुह्न्छ भुत लाई धवाउने ।
आज आएर बुझदै छु आमाले भनेको भुत बास्तविक भुत थिएनन् । मैले कल्पना गरेजस्तो स्वरुप पनि थिएन्न ति भुतहरुको । त्यो त डर थियो आमालाई पिचासको व्यवहार गर्ने व्यक्तिहरु सँगको । रातको समयमा कुनै भुतले बाटो छेकेर बस्ने थिएन, बस्थे त मानविय शरीर भएका पशुको व्यवहार गर्नेहरु । आमालाई डर थियो कि छोरीसँग कुनै घटना घट्ने पो हो कि , त्यसैले उहाँ बारम्बार मेरो सुरक्षामा एउटा भुतको कथा सुनाएर, एउटा काल्पनिक भुत बनाएर सधै मलाई जोगाउन खोजिरहनु हुन्थ्यो । हो, आमा त्यस्तै भुतहरु बाट मलाई जोगाउन बारम्बार भन्नु हुन्थ्यो , छोरी रातमा भुतले तर्साउछ बाहिर ननिस्कनु, एक्लै नहिड्नु, कसैले केही दिहाले नखानु । आमा भुतको बाहानाले मलाई मान्छे सँगैबाट जोगाउदै हुनुह्न्थ्यो ।
आजकल भुतहरुको बिगबिगी निकै बढेको छ । भुतहरु दिउसोको उज्यालोमा समेत खुलेआम बसिरहेका छन चोक, गल्ली गल्लीमा । आमा के अब म दिउसो पनि ननिस्कनु ? हिजोमात्र एउटा भुतले सानी अवोध दश बर्सिय बालिकाको सातो लग्यो, उनको शरीर लग्यो अनि उनको जिन्दगी अनि सपनाहरु पनि । भुतले उसलाई पसल जाने क्रममै फकाएछ, तर्साएछ अनि आफनो पिचासी इच्छा गर्न उसलाई निमोठी दिएछ आमा ,अब पसल जाँदा समेत भुतले तर्साउछन कि भनेर डराउनु पर्छ , के आमा अब म घरमै बसिरहु । आजकल बनको बाटो हिडँदा जगंली जनवारको कमै डर लाग्छ , जगंली जनावरसँग भेट भैहाले पनि चिच्याएर कराएर तिनीबाट भाग्न सकिन्छ तर डर त ति भुतहरुसँग लाग्छ जुन जनवारभन्दा पनि हिस्रक अनि कुरुर छन ।
मेरी साथीलाई पनि केही समय पहिला त्यस्तै घटना भयो , थाहा छ आमा ३ वटा भुतहरु रे , उनको रुवाई, चित्कार मा नाचिरहे रे निरन्तर, । उनको शरीर छिया छिया परेको अवस्थामा दईदिन पछि फेला परेको , के आमा अब म त्यो अर्को गाँँँउ पनि नजाऊ । रेडियो ले पनि के के भन्छ आजकल , आमा भुतहरु बर्दिमै भेटिए रे अब म के गर्नु गाँउमा बर्दि लाएका मान्छे आँउदा म सुरक्षित महसुस गरु कि दौडिएर घरमा चुक्कुल लगाएर बस ?ु आमा आजकल भुत जता ततै छन । तर नि, आमा भुत समातियो भनेर आजसम्म कुनै समाचार सुन्न पाएकी छैन । बाबा भुतहरुको सातो लैजान छु भन्नु हुन्थ्यो । बाबा सधै ममा त्यो भुतको डर निकाल्न खोज्नु हुन्थ्यो , बाबाले भने जस्तो सहज छैन त्यो डरबाट टाढा हुन् । आजकल तपाईकी छोरीको भुत भन्ने सुन्ने बित्तिकै झन झन डर मान्छे । विद्यालयमा समेत भुतहरुको बसेको खबर म निरन्तर सुनिरहन्छु, बाबा अब म विद्यालय जाँदा पनि धेरै कुरा सोच्नु पर्छ ।
साच्ची भुतहरु निकै बलिया छन, मेरो साथीका बाबुआमा भुतलाई समाउन झाक्रीलाई गुह्दौ हिडनु भएको पनि थुप्रै भैसक्यो तर अझै पनि भुत समातिएको छैन ,बाबा थाहा छ ति भुतहरु झाक्रीकै आफना मान्छे पर्छन अरे । हिजो अञ्जली साथीको वर्थ डे छ जान्छु नि दिदि भनेर धेरै पटक भनिरहदा मैले उसलाई जाने अनुमति पनि दिन सकिन । मैले पनि उसलाई भने बहिनी राती निस्कनु हुदैन भुतले तर्साउछ ।