vaijan

आज सलमान खानको ५३ औँ जन्मदिन


भारतका बहुचर्चित कलाकार सलमान खानको आज ५३ औँ जन्मदिनको उपलक्ष्यमा उनको गृह निवास मुम्बइमा राती तिन बजे देखिनै उनका फ्यानहरुको घुइचोँ लागिरहेको छ । उनि हाल ५३ बर्ष पुरा गरी ५४ बर्षमा लागेका छन । भारतीय चलचित्र जगतमा सवैभन्दा बढि एकसय करोड भन्दा बेसीँ कमाइ गर्ने फिल्म दिन सफल सलमान खान बलिउडका एक उत्कृष्ट सफल कलाकार मानिन्छन ।
उनको आजको पार्टी उनकै निवासमा हुने छ । उनीको पार्टीमा उनको परिवार, लगायत उनका सहकर्मीहरु Katrina Kaif, Jacqueline Fernandez, Sonakshi Sinha, Mouni Roy, Kriti Sanon, Warina Hussain, Anil Kapoor, Dia Mirza, Bobby and Tania Deol, Sanjay Leela Bhansali तथा अन्य धेरै ब्यक्तिहरुको सहभागिता रहनेछ । ।

बीवी हो तो ऐसी फिल्मबाट आफ्नो करियरको शुरुवात गरेका सलमानको हालसम्म पनि उनको विवाह भने भएको छैन । मुख्य अभिनेतामा देखिएका उनको फिल्म मेने प्यार किया निकै चर्चा कमाउन सफल भएको थियो । उक्त फिल्मबाट उनले बेष्ट पुरुष कलाकारको उपाधी प्राप्त गरेका थिए भने फिल्मले फिल्म फेयर अर्वाड प्राप्त गरेको थियो । यस्तै विभिन्न मुख्य कलाकार र गेष्ट एक्टरमा गरी एक सय भन्दा बढि फिल्ममा उनलाइ देख्न सकिन्छ ।

उनका बह चर्चित फिल्महरु मैंने प्यार किया, पत्थर के फूल, साजन, अंदाज अपना अपना, हम आपके हैं कौन, करन अर्जुन, खामोशी, जुड़वा, प्यार किया तो डरना क्या, बंधन, बीवी नं 1, हम दिल दे चुके सनम, हम साथ साथ हैं, दुल्हन हम ले जाएंगें, तेरे नाम, गर्व, मुझसे शादी करोगी, No Entry, क्योंकि, Partner, युवराज, Wanted, दबंग, Bodyguard, एक था टाइगर, दबंग-2, किक, बजरंगी भाईजान, टाइगर जिंदा है, रेस-3, हुन जस्ले निकै चर्चा कमाउन सफल भएका थिए । हाल उनको भारत नामको मुखी रिलिज हुने तरखरमा रहेको छ ।


Loading comments...