Lifestyle Portal
  •   ५ चैत्र २०७९, आईतवार

रुन नसक्ने मान्छे झनै कमजोर हुन्छन् |

१४ पुष २०७५, शनिबार ०८:००

लोकप्रिय

किन मान्छेले यसो गर्दछ ?
आउनुहोस आज चर्चा गरौं मान्छेहरुले किन यस्ता वानी गर्दछन् भन्ने कुराहरु । मान्छेहरुको आ–आफ्नै स्वभाव हुन्छ अनि हामीहरु तिनीहरुको त्यो स्वभावको पछाडिको कारण पत्ता नलगाई उनीहरुलाई गाली गलौज या हेप्ने कार्य गर्दछौं । अझ केटाकेटी या बालबालीकाको कुरामा त यो धेरै हुन्छ । अर्ती र आदेश दिनुअघि उनीहरुले किन त्यस्ता बानी गरिरहेका छन् भन्ने बुझ्न जरुरी छ ।

आउनुहोस् केही यस्ता आनीवानीहरु अनि त्यस्लाई मानसिक स्वास्थका हिसाबले कसरी ब्याख्या गरिएको छ भन्ने कुराहरु उजागर गरौं ।

१,  यदि कोही अबेरसम्म सुत्छ या उठ्न सक्दैन भनें ति व्यक्तिहरु गहिरो दुख्ख र बेखुशी रहेको तथ्य छ । गहिरो दुख्ख र बेखुशीमा परेका मान्छेहरु अबेर सम्म सुत्ने अनि उठ्न कठिनाई हुन्ने अवस्थामा हुन्छन् ।

२, यदि कोही मान्छे बिषम परिस्थितीमा पनि रुन सक्दैनन भनें हामी उनीहरुलाई धेरै वलियो भनेंर चित्रण गर्दछौं । तर मानसिक स्वास्थका अध्ययन र व्यक्तित्व अध्ययनका आधारमा भन्नुपर्दा रुन नसक्ने मान्छे झनै भावनात्मक रुपमा कमजोर भएको पाइएको छ है ।

३, तपाँई जीवनमा जति खुशी हुनुहन्छ उति नै तपाँइको निन्द्रासंग यसले समबन्ध राख्दछ । खुशी मान्छेहरु थोरै निन्द्रा परेपनि भोलीपल्ट खुशी अनि कार्यगत हुन सक्दछन् तर बेखुशी मान्छेहरुलाई भनें थोरै निन्द्राले नपुग्ने अध्ययनले बताँउदछ ।

४, यदि कोही मान्छे ससाना कुराहरुमा रुने अनि मसिना कुरामा रिसाउने अनि छिटै फकिने गर्दछन् भनें तिनीहरु सफा चित्तका अनि निर्दोष हुने हुन्छ ।

५, संसारमा कोही पनि त्यति धेरै व्यस्त हुँदैन कि आफ्नो मान्छेलाई भेट्नै नभ्याओस् । भेट्नु, नभेट्नु या वास्ता गर्ने या नगर्ने कुरा त्यस व्यक्तिको प्रार्थमिक्तामा भर पर्दछ । तसर्थ अब कसैले नभ्याएर नभेटेको भन्छ भनें उसको या उनको प्रार्थमिक्तामा आफू नपरेको कुरा आत्मसाथ गरौं है ।

६, कुनै महिलाहरुले आफ्ना समस्याहरु यहाँहरुलाई सुनाँउदैछन भनें संभवत वहाँहरुले त्यस समस्याको समाधान यहाँवाट खोजेको नभई केवल आफ्नो समस्या मात्र सुनाउन खोजेको हुनसक्ने संभावना प्रबल हुन्छ । पुरुषको हकमा मलाई यसले त यस्तो सोधी शायद मलाई मनपराँउछे लगायत अन्य भावनाहरु महिलासंग कुरा गरेपछि आउनु स्वभाविक होला तर केवल समस्या बाँढ्दैमा मन बाँढेको या समाधान खोजेको नहुन सक्छ भनी अध्ययनले देखाँउदछ ।

७,  यदि कोही तपाँइसंग सामान्य र सानो कुरामा रिसाउने र धेरै अपेक्षा गर्दछन भनें उनीहरु तपाँइलाई धेरै माया गर्ने गर्दछन है ।

८,  असामान्य रुपमा कसैको खानाको रुची छ भनें उनीहरु तनावमा भएको हुनसक्ने संभावना धेरै हुन्छ ।

९, सामान्य वार्तापालमा पनि धेरै कसम खाने मान्छेहरु सामान्यतया धेरै स्वाभिमानी र सत्य हुन्छन् । उनीहरु काम र समबन्धमा वफादार रहने अध्ययनले जनाँउछ ।

१०, अब कुरा गरौं आँशुका बारेमा, आँशु त्यसकारण खस्दैन कि तपाँइहरु कसैलाई एकदमै संझना या मिस गरिरहनुभएको छ भनें । बरु आँशु यस्कारण खस्छ जब तपाँइ उक्त मान्छे या घटनालाई संझन चाहनुहुन्न र बिर्सनलाई मनमनै कसरत गर्दै आँफैंसग संघर्षरत हुनुहुन्छ ।
११,  एउटा अध्ययनका अनुसार बुद्धिमान मान्छेहरु आफ्नो समबन्धमा वफादार रहिरहने देखाँउदछ ।

१२, मायाप्रेम भनेंको बिहानको सूर्योदयमा शुरु भएर साँझको सूर्यास्तमा सकिने कुरा हैन् । यो त त्यतीबेला शुरु हुन्छ जब यहाँहरुलाई मायाको आभाष र अनुभूति कम हुन्छ अनि त्यतीबेला सकिन्छ जब यहाँहरुलाई मायाको जरुरत सबैभन्दा धेरै हुन्छ ।

१३, महिला पुरुषहरु आपसको कुराकानीमा धेरै अड्किने अनि आँखा स्वभावत झिम्कने हुन्छ भनें संभवत उनीहरु बीचमा केही भावनात्मक घनिष्टता हुने हुनसक्छ ।

ल है माथिका कुरा अनि तथ्यहरु आफ्नो जीवनमा एकफेर जाँचेर अनि लागू गरेर हेरौं । जीवनमा भावना छ र त रमाइलो छ बाँच्न । आँउदै गरेको सन् २०१९ को शुभकामना ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई