
चिसो मौसममा के खाने , के नखाने ?
५ पुष २०७५, बिहीबार १६:५३
चिसो बढे संगै स्वस्थमा पनि विभिन्न समस्याहरुले सताउने गर्दैछ । त्यसैले अरु मौसममा भन्दा चिसो मौसममा आफ्नो स्वस्थको विशेष ख्याल राख्नु पर्दछ । सहि खानेकुरा खायौ भने मात्र हाम्रो सरिर चिसो मौसम अनुकुल भन्छ र चिसोबाट बच्न यी खानेकुराले निकै मद्दत गर्छन्
बदाम– बदाममा आइरन, नियासिन, फोलेट, क्लाल्सियम र जिंक पाइन्छ । त्यसैगरी यसमा एन्टिअक्सिडेन्ट्स, भिटामिन, मिनरल आदि तत्त्व पनि प्राप्त हुन्छ, जुन जाडोमा फाइदा हुन्छ । यसले शरीरलाई तातो राख्न मद्दत गर्छ ।
स्याउ- स्याउ एन्टिअक्सिडेन्टले भरिएको हुन्छ । यसले एनिमिया र क्यान्सरको खतरालाई पनि कम गर्छ । यसले डाइबिटिज कम गर्न र पाचन प्रणालीलाई ठीक गर्न मद्दत गर्छ । प्रतिरोध क्षमतालाई कायम राख्न र शरीरमा शक्ति बढाउन स्याउ उत्तम हुन्छ ।
ड्राइफ्रुट्स- यिनमा प्रोटिन, फाइबर, फोलिक एसिड, भिटामिन ई, भिटामिन बी–६ आदि खनिज पदार्थ प्रशस्त हुन्छ । यिनको सेवनबाट शरीरमा ऊर्जा रहिरहन्छ र रोगलाई टाढा राख्न मद्दत गर्छ । यसमा रहेको एन्टिअक्सिडेन्टले बढ्दो उमेरमा पनि चुस्त–दुरुस्त राख्छ ।
गाँजर- गाँजरले शरीरमा भिटामिन ‘ए’को कमीलाई पूरा गर्छ । भिटामिन ‘ए’को कमीले आँखाको बिमारी, छालाको सुक्खापन, कपाल झर्ने, नङ खराब हुने आदि रोग लाग्छ । गाँजरले फोक्सो, छाती र पेटको क्यान्सरको खतरा पनि कम गर्छ ।
अम्बा- यो जाडोको फल हो । यसले अनुहारको छालालाई नरम बनाउन मद्दत गर्छ । आँखालाई स्वस्थ राख्छ। त्यस्तै छालामा चमक ल्याउन, कब्जियतबाट छुटकारा दिलाउन मद्दत गर्छ ।
सुन्तला- भिटामिनबाट भरपूर सुन्तला चिसोमा असाध्यै उपयोगी फल हो । यसमा हुने पोटासियम र फोलिक एसिड, क्याल्सियम, कोलेस्ट्रोल र ग्लुकोज स्वास्थ्यका लागि असाध्यै राम्रो हुन्छ । यसलधे प्रतिरोध क्षमतालाई बलियो बनाउँछ ।
पालुंगो- पालुंगो सागमा भिटामिन ए, बी, सी, आइरन र क्याल्सियम अधिक मात्रामा पाइन्छ । यी तत्त्वहरूले प्रतिरोध क्षमतालाई बलियो बनाइराख्न मद्दत गर्छन् । खोकी र फोक्सोको सुन्नाइमा पालुंगोले ठीक गर्छ । पालुंगोको रस पिउनाले आँखाको ज्योति र स्मरणशक्ति पनि बढ्छ । यसमा आयोडिन पनि हुने हुनाले दिमागी थकान कम गर्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका
काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम
काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या