
सर्वगुणकारी तिल खानुको फाइदा यस्तो छ
१३ पुष २०७५, शुक्रबार १७:४८
मानिसहरुले आफ्नो स्वास्थ्यको निक्कै हेरचाह गर्नु पर्ने हुन्छ, र हामी पनि आफु स्वस्थ्य रहनको लागि अनेक प्रकारको उपायहरु अपनाउने गर्दछौ | कतिपय हामीले आयुर्वेदिक औषधि प्रयोग गर्ने पनि गरेका छौ, आज हामी तपाइहरुलाई केहि उपायहरु बताउदै छौं , जुन तपाइले व्यवहारमा उतार्नु भयो भने अबश्य पनि स्वस्थ्य रहनमा तपाइलाई धेरै नै सहयोग पुग्नेछ |
तील( Sesame) एक यस्तो खाद्यान्न हो जसले हामीलाई स्वस्थ रहनको लागि निक्कै नै सहयोग गर्दछ | तीलको धेरै राम्रो बिशेषता हुनाले नै हाम्रा अग्रजहरुले कुनै पुजा पाठ होस् या धार्मिक कार्य होस्, तिललाई अनिवार्य गरेका छन् | जाडोको मध्य समय माघको पहिलो दिन माघे सक्रान्तिमा पनि तिलको लड्डु बनाई खाने प्रचलन आजसम्म पनि कायमै छ |
घिउ संग तिलको प्रयोग गरि खानाले धेरै रोगबाट मुक्ति मिल्छ | त्यसैले तिललाई विभिन्न परिकार बनाएर यसलाई खान सकिन्छ | स्वाद संगै स्वस्थ रहन सकिन्छ |
– यदि कसैलाई बारम्बार पिसाब आउने वा पिसाब आउदा धेरै गाह्रो हुने समस्या छ भने तिल खानाले फाइदा हुन्छ |
– तीलको तेलमा निमको पात राखेर सोहि तेलले मालिश गर्नाले मुहारमा आएको एलर्जी तथा छाला सम्बन्धि रोगबाट राहत मिल्छ |
– तिलको तेल प्रयोग गरिएको खाना खानाले कोलेस्ट्रोल कम गराउने हुनाले हृदय रोग लाग्ने सम्भावना धेरै कम हुन्छ |
– तिलको तेल वा भुटेको तिल पिसेर अण्डाको पहेलो भाग फाली सेतो भागसंग मुछी लगाउनाले आगोले पोलेको घाउ निको हुन्छ |
– चिया खादा चियामा अलिकति तिल वा तिलको पात र अदुवा हालेर चिया बनाई खाने गर्नाले खोकी छिटो निको हुन्छ |
– दिनहु ५-१० ग्राम जति कालो तील राम्रो संग चपाएर खाने गर्नाले गिजा र दात बलियो हुन्छ साथै दातमा किरा लाग्ने सम्भावना निक्कै कम हुन्छ |
– तिल, मेथी, सुकेको अदुवा, बेसार सबै लाई पिसेर यसको धुलो दिनहु बिहान बेलुका सेवन गर्नाले अर्थराइटिस रोग बाट मुक्ति मिल्छ |
– तिलको सेबन गर्नाले रुघाखोकी निको हुनुको साथै हाडजोर्नीमा हुने दुखाइ कम हुन्छ |
– अन्य धेरै फाइदा हरु छन् तिलका त्यसैले तिलको नियमित सेबन गर्नाले अबश्य पनि स्वस्थ रहन सकिन्छ |
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
सन् २०१९ को अन्तिमदेखि फैलिन सुरु भएको कोरोनाभाइरस (कोभिड–१९) ले विश्व आक्रान्त बनेको छ । यसबाट संक्रमित २९ लाख ८४
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेषज्ञ चिकित्सहरुलाई निजी अभ्यास नगर्ने व्यवस्था कडाइका साथ लागू गर्न माताहतका निकायलाई पत्राचार गरेको
काठमाडौं। नेपालमा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण तिब्र रुपमा बढेपछि सरकारले देशका १४ जिल्लालाई उच्च जोखिममा राखेको छ। स्वास्थ्य तथा जनसंख्या
काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला समय बालबालिका तथा युवा संक्रमण कोभिड संक्रमण बढ्दै गएको छ भने ज्यान गुमाउने पनि