सम्झनामा वीरेन्द्र


नेपाली राजसस्थाको इतिहासलाई फर्केर हेर्दा, नेपालको दशौ शाहंवशीय राजा बीरेन्द्र बीर बिक्रम शाहलाई सबैभन्दा लोकप्रिय र जनताको भावना बुझने राजाको रुपमा सम्झने गरिन्छ । वि.स २००२ साल पुष १४ गते पिता महेन्द्र वीर विक्रम शाह र माता इन्द्र देवी शाहको ज्येष्ठ सुपुत्रको रुपमा नारायण हिटी राजदरबारमा जन्मनु भयो । स्वर्गीय राजा वीरेन्द्र वरि विक्रम शाहको प्रारम्भिक अध्ययन दरबारमा लिनु भएको थियो । त्यसपछि भारत, बेलायत तथा जापनामा समेत उहाँले अध्ययन गर्नुभएको थियो । पञ्चायतको उत्कर्षको समयमा बुवाको निधन पश्चात सन २०२८मा राज्य व्यवस्था सञ्चालन गर्नुभयो । २०३१ सालमा राज्याभिषेक गर्नुभएको उहाँले २०५८ सालसम्म नेपालको लोकप्रिय राजाको रुपमा रहनु भयो ।

बुवा महेन्द्रले सुरु गरेको दलबिहिन पञ्चायति व्यवस्थाको चौतर्फी बिरोध भएपछि नेपालमा बहुदल वा तत्कालिन शासनरत पञ्चायति व्यवस्था मान्ने भन्ने विषयमा वि.स २०३६ साल जेठ १० गते जनमत संग्रहको घोषणा गर्नु भएको थियो । घोषणको एकवर्ष पछि २०३७ साल बैशाख २० गते जनमत संग्रहको लागि मतदान भएको थियो ।

दक्षिण एसियाली सहयोग संगठनको स्थापनामा स्वर्गीय राजा वीरेन्द्रको महत्वपुर्ण भुमिका रहेको छ । सर्वप्रथम दक्षिण एसियाली देशहरुलाई संगठित हुनको लागि कोलोम्बो योजनामा आह्वान गर्नु भएको थियो ।

राजा वीरेन्द्रको समयमा २०३६ सालको जनमत संग्रह र जन आन्दोलन २०४६बाट नेपालमा प्रजातन्त्रको पुनर्वहालीको लागि महत्वपुर्ण भुमिका रहेको पाईन्छ । नेपाललाई विश्वसामु शान्ती क्षेत्र बनाउन प्रस्ताव गर्ने जनप्रिय शान्तिवादी राजाको मृत्यु निकै रहस्यमय ढंगले पारिवरिक जमघटको समयमा २०५७ जेठ १९गतेका दिन भयो ।

राजा वीरेन्द्रको हत्यापछि नै धेरैले नेपालबाट राजसंस्था अन्त्य भएको महशुस गरेका थिए । नभन्दै उनका भाई ज्ञानेन्द्रको शासन जनताले मन पराएनन् । फलस्वरुप नेपालबाट राजसंस्था नै खारेज भयो । राजा वीरेन्द्रलाई अन्य राजाहरुको तुलानामा उदार, राष्ट्र र जनताप्रेमीका रुपमा लिइन्छ ।


Loading comments...