
इन्टरनेटको मुल्य बृद्धी फिर्ता
१५ पुष २०७५, आईतवार २१:४७
आज पुस १५ गते देखि इन्टरनेट शुल्कमा बृद्धी गर्ने भनि चेतावनी दिएका इन्टरनेट प्रदायक कम्पनीहरु सरकारले सम्झौता कार्यान्वयन गर्ने आश्वास दिएपछि इन्टरनेट सेवा प्रदायकले सेवा तत्काल मूल्य नबढाउने भएका छन् । सम्झौता अनुसार नै दुरसञ्चार नियमवाली संशोधन गर्ने सरकारको आश्वासनपछि व्यवसायी पछि हटेका हुन् ।
सरकारले ०७५/७६ को बजेटमा इन्टरनेट शुल्कमा १३ प्रतिशत अतिरिक्त दूरसंचार सेवा शुल्क (टि.एस.सी.) लगाउने नीति ल्याएपछि इन्टरनेट सेवा प्रदायकहरुले आफ्नो सेवा शुल्क बढाउने चेतावनी दिएका थिए । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइ.स्पान) का एक सदस्यले तत्काल शुल्क बढाउने निर्णय स्थगित भएको जानकारी दिए ।
सरकारले लगाउने अतिरिक्त कर ग्राहकबाटै असुल्ने भन्दै सेवा प्रदायकहरुले साउन १ गतेदेखि नै मूल्य बढाउने चेतावनी दिएका थिए तर, सरकारले सेवा प्रदायकहरुलाई मूल्य नबढाउन भन्दै दुरसञ्चार नियमवाली नै संशोधन गर्ने आश्वासन दिँदै इन्टरनेटको मूल्य समायोजन गर्ने सहमति गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । अवैध मोबाइल नचल्ने प्रणाली आगामी जेठदेखि सञ्चालनमा ल्याइने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले जेठदेखि यो प्रणाली सञ्चालनमा
नयाँ दिल्ली । मुम्बइमा भारतीय सुपरस्टार अजय देवगनसँग किसानका बारेमा प्रश्न गर्ने युवकलाई मुम्बइ प्रहरीले प्रकाउ गरेको छ । अजय
चिन्तामणि शिवाकोटी। सम्मानित केन्द्रीय बैंकको गरिमामय डेपुटी गभर्नरको पदको कार्यकाल पुरा गरी मिति २०७७ फाल्गुण १८ देखि सेवानिवृत्त भएको छु
फागुन १८, काठमाण्डौ । विश्वमा तीव्र बजार विस्तार गर्दै गएको चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले सातौँ सिरिजको स्मार्टफोनको व्यापक सफलता पछि