Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार

२०१९ मा को को बिहे गर्दै छन त ?

१६ पुष २०७५, सोमबार २१:२२

लोकप्रिय

बलिउडका अभिनेता तथा अभिनेत्रीहरुको विवाह सम्बन्ध पनि निकै रोचकताको पुर्वक हेरिने गर्दछ । सन २०१८ मा अभिनेता तथा अभिनेत्री रणविर सिंह र दिपिका पादुकोण तथा प्रियंका चोपडा र निक जोनले घरजम गरेका छन । भारतका चर्चित हाँस्य कलाकार कपिल शर्मा पनि बैबाहिक जिवनमा बाँधिइसकेका छन भने यसपाली बलिउडका कुनकुन नयाँ जोडी यस वर्ष विवाह बन्धनमा बाँधिदै छन त ?

रणबीर कपुर- आलिया भट्ट
अहिले रणबीर कपुर र आलिया भट्टको प्रेम सम्बन्धले बलिउड न्युज तताएको छ । यिनीहरु बलिउडका स्पेसल जोडीका रुपमा रहेका छन् । रणबीर र आलीयाको सम्बन्धको चर्चा हरेक दिन देख्न पाइन्छ । दुबैले एक अर्कालाई डेट गरेको स्वीकारेका छन् । दीपिका पादुकोण , क्याट्रीना क्याफ पछि रणबीर अब आलियासँगको प्रेम सम्बन्धमा छन् । यसपाली भने उनी आफ्नो प्रेम सम्बन्धलाई विवाहको नाम दिन तयार भएका छन् । दुबैका परिवारले यो सम्बन्धलाई स्वीकार गरेको कुरा मिडियाहरुले जानकारी दिएका छन ।

वरुण धवन-नताशा दलाल
अर्का बलिउड स्टार वरुण धवन र नताशा दलालको प्रेम सम्बन्ध पनि पहिले देखि नै मिडियामा आइरहेको छ । पछिल्ला समयमा उनीहरु संगसँगै छुट्टी मनाउन विदेश जाने पनि गरेका छन् । यस्तै उनी कहिले डिनर त कहिले कफी डेटमा देखिन्थे । वरुणले आफु नताशासँग प्रेम सम्बन्धमा रहेको स्वीकार गरेका छन् । सञ्चार माध्यमका अनुसार दुबै जना २०१९ मा विवाह गर्ने तयारीमा छन् । दुबैका परिवारले पनि उनको सम्बन्धलाई स्वीकारेका छन् ।

अर्जुन कपुर – मलाइका अरोरा
३३ वर्षिय बलिउड स्टार अर्जुन कपुर हाल आँफु भन्दा १० वर्ष जेठी मलाइका अरोरासँगको प्रेम सम्बन्धमा रहेका छन् । आजभोलि उनीहरुको प्रेम सम्बन्ध सामाजिक सञ्जाल भरी भाइरल बनेको छ । प्राय जसो हरेक कार्यक्रममा दुवै सँगसँगै देखिने गर्दछन । अरबाज खानसँग सम्बन्ध बिच्छेद गरेकी मलाइका एक्लै बनेकी थिइन भने अब उनी अर्जुनसँग विवाह गर्ने पक्षमा पुगेकी छिन् । अर्जुन पनि मलाइकासँग विवाह गर्न तयार भएका छन् ।

रिचा चड्डा-अली फजल
बलिउड नायिका रिचा चड्डा प्रेमी अली फजलसँग पछिल्ला केहि दिनदेखि प्रेम सम्बन्धमा छिन् । अहिले यो नयाँ जोडीले धेरै चर्चा पाउन थालेको छ । रिचा पछिल्लो केहि समयदेखि अलीसँग डेट गरिरहेकी छिन् । दुबैले एकैसाथ फुकरे र फुकरे रिटन्स्मा सँगै काम गरेका छन् । सामाजिक सञ्जालमा दुबैका तस्बिरहरु संगै देखिन थालिएका छन् । यिनीहरुले आफु प्रेमे सम्बन्ध रहेको स्वीकार गरी सकेका छन् । यो जोडीको पनि २०१९मा विवाह गर्ने निकै सम्भावना रहेको छ ।

सुष्मिता सेन- रोहमन शोल
नायिका सुष्मिता सेन आजभोली आफ्ना २७ वर्षिय प्रेमी रोहमन शोलसँग प्रेम सम्बन्धमा रहेको खबर यदाकदा चर्चामा आउने गरेको पाइन्छ । यिनीहरुले पहिले आफु प्रेम सम्बन्धमा रहेको स्वीकार गरेका थिएनन् । तर अब दुबै खुलेर सामाजिक सञ्जालमा आउने गरेका छन् । दुबैले सामाजिक सञ्जालमा फोटो पोष्ट गरेर आफ्नो सम्बन्ध स्वीकार गरेका छन् । सुष्मिता अब घरजम गर्ने पक्षमा देखिएकी छिन् । सुष्मिता र रोहमनको २०१९ मा विवाह बन्धनमा बाँधिने कुरा बाहिर आएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा