
कादर खानको सम्झनामा
१७ पुष २०७५, मंगलवार १३:११
अफगानीस्तानमा जन्म भएका ८१ वर्षे भारतीय कलाकार कादर खान खानको ८१ वर्षको उमेरमा क्यानडामा मृत्यु भएको छ । विश्वमा नयाँ वर्ष २०१९ को चहलपहलको सरगर्मी बढिरहँदा कादर खानले भनें सुटुक्क संसार त्यागेर गएका छन् ।
एउटा सफल कलाकार कादर खानले आफ्ना चलचित्र र संवादहरु मार्फत कहिले हसाँए त कहिले रुवाए । सन् १९७३ मा चलचित्र दागबाट आफ्नो फिल्मी यात्राको शुरुवात गरेका कादर खानले अहिले सम्म ३०० भन्दा बढि चलचित्रमा अभिनय गरेका छन् । कादर खानले केही वर्ष अगावै रणवीर कपुर, नितु सिंह कपुर र ऋषि कपुरको चलचित्र जवानी दिवानीका लागि पनि संवाद लेखेका थिए । चलचित्र हिम्मतवालामा यमराजको अभिनय गर्दै धेरैको जीवन मृत्युको हिसाब गर्दै गरेको कादर खान अब वास्तविक जीवनमा हामी माझवाट बिदा भएका छन् ।
उन्ले २०० भन्दा धेरै चलचित्रहरुका लागि संवाद लेखेका छन् । चलचित्र क्षेत्रमा आउनु अगावै कादर खान ईन्जीनीयरिङ्ग कलेजमा पढाउथें । यसै कलेजको वार्षिक कार्यक्रममा नाटक गर्दा अभिनेता दिलीप कुमारले कादर खानलाई देखेर उनको क्षमतालाई चलचित्रमा ल्याउन सहयोग गरेको वताइन्छ । हाल दिलिप कुमार अस्पतालमा उपचार गराइरहेका छन । उन्को पनि घरिघरी मृत्युको अफवाह र श्रीमती सायरा बानुको त्यस्लाई गलत साबित गर्ने प्रतिक्रियाहरु आइरहन्छन् ।
कादर खानका पछिल्ला चलचित्रहरुमा सन् २०१५ को तेवर सन् २००६ को लक्की नो टाइम फर लभ र सन् २००६ कै फ्यामीली टाइस अफब्लड रहेका छन् । सन् २०१३ मा उन्लाई भारत सरकारले साहित्य शिरोमणीको उपाधी दिएको थियो । उनले सन् १९८२ मा मेरी आवाज सुनो चलचित्रका लागी उत्कृष्ट संवादको फिल्मफेयर अवार्ड पाएका थिए । सन् १९९१ मा बाप नम्बरी बेटा दश नम्बरी चलचित्रका लागि उनले उत्कृष्ट हास्य कलाकारको फिल्मफेयर अवार्ड पनि पाए ।
कादर खानलाई परमात्माले आफूमा समाहित गरुन् । यिनलाई विश्व रंगमञ्चले सदा सम्झना गर्नेछ ।
लाईभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा