
ढाका टोपी लगाउनु हुन्छ त ?
१७ पुष २०७५, मंगलवार १५:२९
नेपालीको सान नेपालीको पहिचान बोकेको ढाकाटोपी दिवसको आजभोली युवापुस्ताहरुमा निकै चाख बढ्दै गएको पाइन्छ । अनगिन्ती महत्व बोकेको ढाका टोपी सामाजिक संजालहरुमा राखिएको फोटोहरु देखि लिएर युवाहरुको शिरमा टोपी देखिन थालिएको छ । शिरमा सगरमाथाको स्वरुपमा नेपाली टोपी हरेक नेपाली शिरमा शोभायमान छ, अनि संबतसंगै हरेक बर्ष जनवरी १ मा नेपाली टोपी दिवस मनाइन्छ । हुन त कुनै पात्रोमा टोपी दिवस भनेर व्याख्या गरिको त छैन तथापी नेपाली युवापुस्तामा बिशेष रुपमा ईस्वी संवतको नयाँ दिनमा ढाका टोपी अर्थात नेपालीपनको एउटा तरगं फैलिन थालेको केही बर्ष भएको छ । नेपाली समाजमा ढाका टोपीको अनगिन्ती महत्व रहेको छ । ढाका टोपी दिवस भनेपनि नेपाली पुस्ताले ढाका टोपी संगै भादगाँउले टोपीको पनि महत्व बुझ्न जरुरी छ ।
शिरमा ढाकाको टोपी लगाउँदा निकै आर्कषक देखिने कुरा हजुरवुवा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ शिरमा ढाका टोपी लगाउनाले शिरको शोभा बढाउनुको साथ साथै घाम तथा चिसोवाट टाउकोलाइ सुरक्षित राख्ने कार्य पनि टोपीले गर्दछ । ढाका टोपिमा जाडोमा न्यानो र गर्मिको समयमा शितलता प्रदान गर्न सक्ने क्षमता पन रहेको हुन्छ । दशैँको टिकाको दिनमा उहाँ टोपी नलगाउनेलाई टोपी लगाउन पनि आग्रह गर्नु हुन्छ । किनभने नवदुर्गामा साइत छोपेर लगाएको टिका तथा जमरा कम्तीमा पनि नौ घडी अथवा करिव साडे ४ घण्टा शिरमा रहेमा मात्र ठुला बडाले दिएको आर्शिवात लाग्ने र जस्लाई शिरमा थाँती राख्न ढाका टोपीको महत्व निकै रहेको छ ।
ढाका टोपीको इतिहास भारतमा ब्रीटीस साम्राज्यको राजबाट हेर्न सकिन्छ । तत्कालिन समयमा भारतमै रहेको बगंलादेशमा निर्माण हुने टोपीको कपडा बगंलादेशको ढाकामा बन्ने गर्दथ्ये जसलाई नेपालसम्म आयात गरिन्थ्यो । क्रमश ढाकामा बनेको यस टोपीलाई ढाका टोपी भनिन थाल्यो, यसै टोपी नेपाली शान हुन गएको छ । आज नेपाल ढाकाको कपडामा स्वनिर्भर छ, पाल्पा लगायतका धेरै ठाँउमा यस प्रकारका कपडा बन्दछ अनि नेपालका हरेक बिवाह अनि समारोहमा ढाकाका कपडा, टोपी एवं चप्पल पवित्र एवं सम्मानजनक मानिन्छन् ।
प्रथम राणा प्रधानमन्त्री जंग बहादुर राणा सन् १८४० मा बेलायत जाँदा जहाजका बगांली कर्मचारीले धोती माथि लगाएका कमिज अर्थात अहिलेको ईस्टकोट अनि ढाका टोपी देख्दा उनलाई राम्रो लागी त्यही भेष नेपालमा लिएर आएका कथाहरु पनि ढाका टोपी पछाडीका अपुष्ट इतिहास हुन् । जसले जे भनुन, ढाका कपडाको प्रकार हो र त्यसबाट बनेको टोपी नेपालीको शान् ।
नेपाली पहिरनमा ढाका टोपी अपरिहार्य छ, नेपाली राष्ट्रिय पोशाकमा ढाका टोपी बिना कुनै अर्थ रहँदैन पनि । शुरु गरौ एउटा गीतवाट जून नेपाली जनमानसमा दशकौं देखि रहिआएको छ । स्वर्गीय गोपाल योञ्जनको संगीत रहेको यो गीतले पनि यही भन्छ ।
यो मेरो टोपी हो
मेरो टोपी कैलाशको शिर जस्तो
मेरो टोपी हिमालको भिर जस्तो
कहिलेपनि झुक्न नजान्ने
कहिलेपनि लुक्न नमान्ने
मेरो टोपी नेपाली विर जस्तो
नेपाली विर जस्तो
यो मेरो टोपी हो ……
यो गीतले टोपी संग जोडिएको नेपालीपनाको भावलाई यति मीठो गरि प्रस्तुत गरेको छ कि सुन्दा या पढ्दा मात्र पनि आँग जिरिगं हुन्छ ।
ढावा ढावा अखडा भित्र मेरो टोपी लड्दै थियो
सगरमाथा उभो पनि मेरै टोपी चढ्दै थियो
दोश्रो बिश्वयुद्ध अनि सगरमाथाको प्रथम आरोहणलाई यस गीतले व्यापक स्वरुपमा गुञ्जायमान गरेको छ ।
टोपीहरुको बिगुल नेपाली सरल अनि सुगम संगीतमा यूगौं देखि छ । ढाका टोपी संगै कालो भदगाँउले टोपी पनि २ दशक अघि नेपाली चलचित्र सुपरस्टारमा कालो टोपी भादगाँउले नामक गीतमा गुञ्जेको छ । नेपाली टोपीको बोलमा रहेको सम्पूर्ण गीतहरु अहिलेसम्म सदैव हिट भएको इतिहास पनि त छ ।
पञ्चायत कालमा भादगाँउले टोपीलाई त सरकारी कर्मचारीका लागि अनिवार्य नै गरिएको थियो । भुटानवाट फर्किएका पूर्व नेपालीहरु देखि बर्मामा अहिले बसोवास गर्ने नेपाली भाषीहरुसम्ममा नेपाली टोपीको व्यापक प्रयोग र मोहले यी टोपीहरुको इतिहास अनि बृतान्त बताँउदछ ।
अहिले आएर जिन्स अनि हिपहपको जमाना अनि भेषमा भने नेपाली टोपीहरुले आफ्नो बृतान्त अनि शोभा जोगाउन हम्मे हम्मे परेको प्रस्ट छ । किन बिदेशी क्याप लगाएर हिड्दा आफूलाई मोर्डन भएको रुचाउने नेपाली यूवाले नेपाली टोपी लगाँउदा हिनता महसुस गर्दछन् ।
जनवरी १ मा अव्यक्त भएपनि घोषणा गरिएको टोपी दिवस सरकारी तवरले किन प्रर्वधन गरिँदैन ?
के नेपालीपनाको एउटा मुल सुत्र बोकेको टोपी जोगाउनु नेपाल सरकारको काम हैन र ?
जाँदा जाँदै एउटा अर्को गीतको शब्द सम्पूर्ण नेपाली नेतृत्वलाई छाड्न चाह्यौं
नेपाली हामी रहौंला कहाँ नेपालै नरहे
नेपालै नरहे
पहाड या हिमाल हैन तराई अनि बिदेशमा रहेको नेपालीका लागि पनि यस टोपी उत्तिकै महत्वपूर्ण छ । नेपाली क्यालेन्डरहरुमा नेपाली टोपी दिवस भनेर राखिनु पनि आवस्यक रहेको छ । नेपाली मौलिक संस्कृति बोकेको टोपी निकै महत्वपुर्ण रहेको छ । यस्को अस्तित्व जोगाउनु हामी सवैको कर्तब्य हो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई