Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

अफिसमा सहकर्मी सगँको सम्बन्ध कसरी सुमधुर बनाउने

१८ पुष २०७५, बुधबार ०६:००


अफिसअर्थात तपाईको कार्यालय जहाँ तपाई दिनको लगभग आठ घण्टा समय बिताउनु हुन्छ । आर्थिक पक्ष तपाईको अफिससँग जोडिएको हुदा यसको महत्व रहेको छ । अफिसमा विभिन्न कारणले गर्दा कार्यगर्न कठिन भइरहेको हुन्छ । राजनैतिक, सामाजिक तथा व्यवहारिक कारणले गर्दा अफिसको बातावरण असहज हुन सक्छ । प्राय धेरै मानिसहरुमा यसप्रकारको समस्या देखिएको हुन्छ कि अफिसका अन्य कर्मचारीसँगको सम्बन्ध राम्रो हुदैन । सबै अगाडि बढ्न चाहान्छन जसले गर्दा पनि यस प्रकारको दौड देखिनु स्वभाविक हो । यस्तो अवस्थामा अन्य कर्मचारीसँगको सम्बन्ध सुधारको लागि निम्न उपायहरु अपनाउन सकिन्छ । जसले तपाईको कार्यालयको अवस्थामा परिवर्तन ल्याउछ र सहकर्मीसँगको सम्बन्धमा बृद्धि हुन्छ ।

सँगै खाजा खाने
तपाईले खाजाको समयमा एक्लै खाने बानी छ भने तुरुन्तै यस्तो बानी हटाउनु पर्ने हुन्छ । खाजा खाने समयमा तपाईसँग काम गर्ने साथिहरु चाहे तपाईभन्दा माथिल्लो तह वा तल्लो तहमा काम गर्ने नै किन नहोस सँगै खाजा खाँदा काम बाहेक अन्य प्रसङ्गका कुराहरु हुन सक्छन । चिया पिउँदै गर्दा पनि नजिकिन सकिन्छ ,तर यसप्रकारका कुराहरु सधै भन्दापनि कहिलेकाही गर्नु पर्दछ ।

राजनीतिबाट टाढा
हामी सबैलाई थाहा छ, यहाँ सबै कार्यालयमा राजनैतिक कुराहरु बढि हुने गर्दछन । राजनैतिक कुरा तथा कर्मचारीहरु बिचको राजनैतिकका कारणले द्धन्द सिर्जना हुन सक्छ । त्यसकारण यस्ता चिजहरुबाट टाढा बस्नु उचित हुन्छ । अफिसमा काम गर्ने हो तयसैले राजनिति गर्ने षडयन्त्र गर्ने कुराले राम्रो सम्बन्धको सिर्जना हुन सक्दैन ।

तपाईको काम गर्ने तरिका

यदि तपाई अफिसमा आफनो काम सही तरिकाले गर्नु हुदैन भने तपाईलाई समस्या आउँन सक्छ । तपाईलाई दिइएको वा तपाईको जिम्मेवारीको काम समयमा पुरा नगर्दा अन्य सहकर्मीलाई समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पर्दछ । तपाईले गर्ने काममा कसैले गल्ती देखाउने ठाँउ नरोहोस त्यसैले राम्रो र समयमै आफ्नो काम गर्न जरुरी हुन्छ । तपाईले गरेको कामको उत्कृष्ट नतिजाको अरु कर्मचारीद्धार समेत प्रभावित हुने गर्दछन, जसले गर्दा तपाई प्रतिको सम्मानमा वृद्धि हुन्छ र सम्बन्धमा सुधार आउँछ ।

सहयोग
प्राय देख्न पाईन्छ कि प्राइभेट अफिसहरुमा अधिक काम हुने गर्दछ र काम सक्न धेरै समय लाग्छ । कहिलेकाही सबैको काम नहुन पनि सक्छ यस अवस्थामा अन्य साथीलाई काममा सहयोग गर्न सकिन्छ जसलाई कामको अधिक भारले समस्या गरेको हुन्छ । जसले तपाईको सम्बन्ध लाई बलियो बनाउन समेत सफल हुन्छ ।

पारिवारिक भेट

यदि तपाई कुनै अफिसको सम्बन्धलाई अझै बढाउन चाहानुहुन्छ भने तपाईका मिल्ने साथिहरुलाई घरमा भेटघाटको लागि बोलाउन सक्नु हुन्छ । तपाईको परिवारसँगको भेटघाटले सम्बन्धलाई नयाँ आयाम लिन्छ । साथै बिभिन्न पिकनिक, घुमघाममा समेत मिलेर जान सकिन्छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग