
मनै लोभ्याउने चित्र कोर्छन रोहनले (फाटो फिचर)
२९ पुष २०७५, आईतवार १९:१९
नेपाल कलाकारिताले निकै भरिपुर्ण देश अनि विधिध यस्तै कथाहरुको इतिहाँसले सम्पन्न मुलुक जस्लाई सौन्दर्यताको पुर्ण बर्णन गर्न सकिने शब्द नै छैनन् । नेपाललाई सुन्दर देखाउनका लागि नेपाली प्राकृतिक भुमि मात्र नभई नेपाली कलाकारहरुको पनि बेजोड योगदान रहेको छ ।
यस्तै कलाकारको रुपमा विभिन्न उत्कृष्ट चित्र बनाउन सक्षम प्रतिभावान ब्यक्ति रत्नमान गुरुङ को कुरा गरौं । उहाँलाइ धेरैले रोहन गुरुङ भनि चिन्ने गर्दछन । नेपाल ललितकला क्याम्पसमा ब्याचलर इन फाइन आटर्समा अध्यनरत रोहनको घर धादिङमा हो, हाल उनी काठमाण्डौमा बस्दै आएका छन ।
उनी विभिन्न स्थानमा गई तस्विरहरुको चित्रण गर्ने गर्दछन । उनी यो तस्विर विक्री पनि गर्दछन । एउटा तस्विरको रु. एक हजार देखि पन्ध्र हजार सम्म लिएको उनी बताउँछन । उनी आफ्नो पारिश्रमिक मेहेनतको आधारमा लिने गर्दछन । मुख्य ग्राहक विदेशी रहेको बताउने रोहन अर्डर लिएर चित्र बनाउने गर्दछन, अनि स्कुलमा आटर्स कक्षा पनि लिने गर्दछन । उनी एक जनाको पेन्सिल स्केच गरेको रु पाँच हजार लिने गर्दछन । हाल सम्म करिव एक हजार चित्र बनाइसकेका रोहन आफ्नो खर्चबाट केहि रकम बचाएर घर समेत पठाउने गर्दछन ।
उनी नेपाली मौलिक संस्कृति झल्कने चित्रका साथै प्रकृतिको चित्रण हुने हिमाल पहाड अनि झरना हरुको पनि उत्कृष्ट चित्र मार्फत प्रस्तुत गर्न रुचाउँछन । पेन्सिल स्केच, आर्यलिक पेन्ट, ओएल पेन्ट, चारकोल कलरिन, कलर पेन्सिल स्केच जस्ता चित्रहरु बनाउने रोहन नेपालको सौन्दर्यता झल्काउन सिपालु देखिन्छन । यो चित्रले नेपालको पर्यटन तथा कलाकारिता क्षेत्रमा निकै योगदान पुग्ने रोहनको भनाई छ । ।
उनका अनुसार केहि समय अगाडी नेपालमा कलाकारिताको खासै उन्नति थिएन । आजभोली भने स्कुलहरुमा पनि यस्तो कक्षाहरुको शुरुवात हुँदै गएको छ । विद्यार्थीहरु पनि बढ्दै गएका छन । उनी शिप सिके देशमै नाम पनि काम पनि कमाउन सकिने कुरामा विश्वस्त छन ।
हेरौं रोहनका कलात्मक मन छुने चित्रहरु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग