
पहिलो पटक नेपाली पात्रहरुसहितको स्टिकर समेटिएको हाम्रो नेपाली किबोर्ड
१८ पुष २०७५, बुधबार ११:१८
नेपाली स्टिकर र इमोजीसहितको हाम्रो नेपाली किबोर्ड आदरणीय प्रयोगकर्ता, शुभेच्छुक तथा विश्वभरि छरिएर रहेका नेपालीजन तथा नेपालीभाषीहरुलाई नव वर्ष सन् २०१९ को हार्दिक मंगलमय शुभकामना !
नयाँ वर्ष २०१९ को अवसरमा हामीले पहिलो पटक नेपाली स्टिकरहरु समावेश गरिएको हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण गुगल प्लेस्टोरमा सार्वजनिक गरेकाछौँ ।
के छ त नयाँ संस्करणको हाम्रो नेपाली किबोर्डमा ?
स्टिकर
हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा हामीले नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखेकाछौँ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ ।
थिम
हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थीम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थीम उपलब्ध छ । चलनचल्तिको “बकमानसिपवज” देवनागरी, अंग्रेजीबाट नेपाली (रोमन ट्रान्सिलिरेसन), रोमनाइज्ड नेपाली युनिकोड तथा अंग्रेजी अक्षर टाइप गर्ने किबोर्ड लेआउटहरु यथावत नै छन् । इमोजी हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा तपाईको मुडलाई अभिव्यक्त गर्न विभिन्न नयाँ इमोजीहरु पनि थपेकाछौँ, जुन इमोजीहरु जुनसुकै एपमा सजिलै सँग राख्न तथा शेयर गर्न सकिन्छ ।
नेपाली भाषा तथा अक्षरसँगको तपाईं र हाम्रो प्रेम जारी रहोस् । हामी थप स्टिकर थप सुविधा तथा सुधारहरु नियमित गर्दैजानेछौं । हाम्रो नयाँ अपडेटबारे कुनै जिज्ञासा, सुझाव अथवा प्रतिक्रियाहरु छन् भने कृपया [email protected] मा ईमेल गर्नुहोला । धन्यवाद ! हाम्रो नेपाली किबोर्ड यहाँबाट राख्नुस्: https://play.google.com/store/apps/details?id=com.hamrokeyboard
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको