तातो कफि पिउनाले हुन सक्छ क्यान्सर


गर्मी होस या जाडो, कफि पिउन रुचाउनेहरुको लागि मौसमले केही फरक गर्दैन । दिनको शुरुवात होस वा साथीहरुसँगको समय कफीले सधै साथ दिएको हुन्छ । के तपाई पनि कफि रुचाउने समुहमा पर्नु हुन्छ ? यदि हुनु हुन्छ भने कफी पिउने समयमा तपाईले केही सावधानी अपनाउनु पर्ने हुन्छ, नत्र जुन कफीले तपाईको मुड फ्रेश गर्छ, त्यही कफि तपाईलाई क्यान्सरको बिरामी पनि बनाउन सक्छ ।

एउटा अनुसन्धानद्धारा यो पृष्टि भएको छ कि, कफि तपाईको लागि खतरनाक पनि हुन सक्छ यदि तपाईले यसलाई निकै तातो अवस्थामा पिउनु हुन्छ भने । यदि तपाई पनि कफि निकै तातो पिउनु हुन्छ भने, तुरुन्तै यो बानी छोडनुहोस । अनुसन्धानकर्ताको अनुसार, यदि धेरै तातो कफी पिउनाले क्यान्सरको खतरा हुन सक्छ । डब्लुएचओ को क्यान्सर रिसर्च टोलीको अनुसार ६५ डिग्री सेल्सियसभन्दा अधिक तातो कफि पिउनाले क्यान्सरको खतरा हुन सक्छ । रिपोर्ट अनुसार सामान्य तापक्रमको कफी पिउनाले क्यान्सरको खतरा हुदैन ।

 


Loading comments...