विश्वका केही अनौठा सिनेमाघरहरु


चलचित्र हेर्न सबैलाई रमाइलो लाग्छ, चलचित्र हेर्नुको वास्तविक रमाइलो त सिनेमाघरमा गएर हेर्नाले हुन्छ । हामी सबै चाहान्छौ कि सिनेमाहलको वातावरण रमाइलो होस तथा महत्वपुर्ण पक्ष सिटको राम्रो व्यवस्था होस, जसले गर्दा आरमसँग चलचित्रको मज्जा लिन पाइयोस । के तपाईलाई थाहा छ संसारमा यस्ता कयौ सिनेमाघरहरु रहेका छन, जहाँ आरमदायक सिट मात्र नभई अन्य विभिन्न सुविधाहरु पाइने गर्दछ, जुन कुराले तपाईलाई अचम्ममा पार्न सक्छ । आउनुहोस, जानौ यस्तै केही अनौठा सुविधा सम्पन्न सिनेमा हलको बारेमा

१) ग्रीसको ओलिंपिया थिएटर
ग्रीसमा रहेको यस सिनेमाघरमा तपाईले चलचित्र हेर्नको लागि कुर्चिहरुको व्यवस्था छैन त्यहाँ तपाईले एउटा पुरा बिस्तार पाउनु हुनेछ । जसमा पल्टिएर चलचित्रको मज्जा लिन सक्नुहुन्छ ।


२) मोस्कोको आईकिया बेडरुम सिनेमा
मोस्कोमा रहेको आईकिया बेडरुम सिनेमा रहेको छ, यस सिनेमाघरमा गएर तपाईलाई सिनेमाघरको अनुभव नभई एउटा बेडरुमको अनुभव हुनेछ । यस सिनेमाघरमा धेरै बिस्तारा राखिएको छ, जसमा सुतिसुति चलचित्रको मज्जा लिन सक्नु हुनेछ । बिस्तारमा चप्पल, कम्बल र टेबल बत्ति पनि पाउनु हुनेछ ।

३) लण्डनको इलेक्ट्रिक सिनेमा
लण्डनको यो ऐतिहासिक सिनेमाहलमा सोफा तथा बिस्ताराहरु राखिएको छ । साथै सोफाहरुको बीचमा टेबल बत्तिहरु राखिएको छ । तपाई सोफा वा बिस्तारामा कहाँ बसेर चलचित्र हेर्ने छनोट गर्न सक्नु हुन्छ ।

४) इंडोनेशियाको बेल्वेट क्लास सिनेमाघर
इंडोनेशियाको वेल्वेट सिनेमाघरको मुख्य आर्कषण भनेको यसमा भएको मखमलको बिस्तारा र खाने कुरा राख्नको लागि एउटा मखमली टेबल पनि हुन्छ ।

५) अमेरिकाको साई फाई डाइन इन थिएटर
यो सिनेमाघरमा कारको सिटमा बसेर चलचित्रको आनन्द लिन सकिन्छ, साथै सिटमा बसेरै लन्च अथवा डिनर अर्डर गर्न पनि सकिन्छ ।

६) लण्डनको ट टब सिनेमा
यस सिनेमाघरमा तपाई पानीले भरिएको टबमा बसेर आफनो साथीहरुको साथमा मनपर्ने फिल्मको मज्जा लिन सक्नु हुनेछ । साथै ड्रिक्सको पनि आनन्द लिन सक्नु हुन्छ ।


७) पेरिसको मुभि थिएटर
यस सिनेमाघरमा पानीमा तैरनी डुङ्गामा बसेर चलचित्रको आनन्द लिन सकिन्छ ।

८) ग्रेट ब्रिटेनको सोल सिनेमा
ग्रेट ब्रिटेनमा भएको यस सिनेमा घरमा केबल आठवटा सिट क्षमता रहेको छ र यो शौर्य उर्जाद्धारा सञ्चालन हुन्छ ।

९) हंगेरीको बुडा बेड सिनेमा
हंगेरीमा भएको यस सिनेमाघरको रमाइलो कुरा भनेको यसमा डबल बेडको व्यवस्था छ, जसले गर्दा सम्पुर्ण परिवारको साथमा चलचित्रको आनन्द लिन सक्नु हुन्छ ।

१०) बीन बैग सिनेमा
मलेशियामा रहेको बीन बैग सिनेमाघरमा रहेका सिटमा दूईजनासँगै बस्न मिल्छ । दुईजना सँगै बसेर चलचित्रको आनन्द लिन सकिन्छ ।


Loading comments...