
आज तोल ल्होसार
२२ पुष २०७५, आईतवार ०६:१०

ल्होसारलाइ लोसार, ल्होछार पनि भन्ने गरेको पाइन्छ । विशेषगरी हिमाली क्षेत्रको समुदायले मनाउने चाडपर्व हो । लोसार दुईवटा शब्द ‘लो’ + ‘सार’ मिलेर बनेको छ जस्को अर्थ भोट, भुटानी, शेर्पाली, डोल्पाली, इत्यादि भाषा अनुरुप ‘लो’ को अर्थ बर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ । खासगरी यो पर्व नयाँ बर्षको स्वागतका लागि मनाउने गरिन्छ ।
चिनियाँ समुदायवाट भित्रिएको अनुमान गरिएको यस पर्वलाई चिनियाँ भाषाको अधारमा मुसा (ज्यिवा), गाई (लअङ्), बाघ (ताग), विरालो (योस), गरुड (ड्रुग्), सर्प (ड्रुल्), घोडा (ता), भेडा (लुक), बाँदर (टे) चरा (ज्या), कुकुर (ख्यी) र सुँगुर (फग) गरी १२ वटा जनावरको नाम अनुसार प्रत्येक १२ बर्षमा दोहोरिएर पालो आउने गर्दछ । यसरी दोहोरीने चक्रलाइ ल्होहोखोर्लो भन्ने गरिन्छ ।
ल्होसार मध्येको सबैभन्दा पुरानो ल्होसार तोल ल्होसार हो । तोलको अर्थ समयचक्र हुन्छ । त्यसकारण यस ल्होसारलाई समयचक्र संवत्सर पनि भनिन्छ । नेपालका हिमाली जिल्लाहरु हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ्ग र तिब्बत तथा भुटानका मानिसहरुले पौष शुक्ल प्रतिपदाको दिनमा धुमधामका साथ मनाउने गर्दछन । विशेषगरी सोनाम ल्होसार जसरी नै मनाइने यो पर्वको दिन मात्र फरक हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग