Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार
NRB

राष्ट्र बैंकले वित्तिय संस्थामा लगानी गर्ने

२२ पुष २०७५, आईतवार १५:३२


नेपालको बैँकहरुको बैंक तथा वित्तिय संस्थाको संरक्षक नेपाल राष्ट्र बैंकले रु १ अर्ब ४८ करोड ३५ लाख वित्तिय संस्थामा लगानी गर्ने भएको छ । ३ सय ६४ दिने मुद्दति निक्षेपमा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी लगानी गर्ने बताइएको छ । बैंकले माघ २ गतेबाट २०७६ पुस २९ गतेसम्म मुद्दति निक्षेपमा राख्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब १८ करोड ६८ लाख ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा २२ करोड २५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा ७ करोड ४२ लाख रुपैयाँ लगानी गर्नेछ ।

निक्षेप संकलन गर्न चाहने बैंक तथा वित्तीय संस्थाले आगामी आइतबार दिनको ३ बजे भित्र प्रस्ताव गरेको ब्याजदर खुलाई शिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम बुझाउनु पर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,